• १६ भदौ २०८१, आइतबार

सर्पले डस्दा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर

blog

 लीलाधर ओली 

घोराही, साउन ३० गते । दाङमा सर्पको टोकाइबाट छोरीको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छिन् । 

घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा मंगलवार राती करिव एक बजेको समयमा करेत सर्पले टोक्दा ६ वर्षीय बालिका इन्दु चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभएको छ ।  

प्रहरी नायव उपरीक्षक तिमल्सिनाका अनुसार सर्पले टोकेर गम्भीर घाइते इन्दुको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा विहान ५ बजे मृत्यु भएको थियो । सुरुमा गाउँमा गुरुवाको भर परेर झारफुक गर्दा निको नभएपछि परिवारले अस्पताल लगेर उपचार गर्ने क्रममा इन्दुको मृत्युको भएको थियो । 

प्रहरी नायव उपरीक्षक तिमल्सिनाका अनुसार सर्पको टोकाइबाट गम्भीर घाइते बालिकाकी आमा २५ वर्षीय आश्मा चौधरीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उहाँको अवस्था गम्भीर रहेको छ ।  सर्पले सुतेको समयमा इन्दुको टाउको र  आश्माको दायाँ हातमा टोकेको थियो ।