• २२ असार २०८१, शनिबार

लोडर दुर्घटना हुँदा तीनजना चिनियाँ नागरिकको मृत्यु

blog

राममणि दाहाल

हेटौँडा, वैशाख १९ गते । मकवानपुरमा लोडर दुर्घटना हुँदा तीनजना चिनियाँ नागरिकको मृत्यु भएको छ । सोमबार साँझ निजगढ–मकवानपुर–काठमाडौं द्रुतमार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–११ स्थित सडकखण्डमा लोडर दुर्घटना हुँदा तीनजना चिनियाँ नागरिकको मृत्यु भएको हो ।

घट्टेपाखास्थित निर्माणाधीन द्रुतमार्गमा सडक निर्माणको क्रममा लोडर दुर्घटना भएको प्रहरीले जनाएको छ । लोडर दुर्घटनामा अन्य तीनजना घाइते भएका छन् । घाइते हुनेमा दुईजना चिनियाँ र एकजना नेपाली नागरिक छन् ।

लोडर दुर्घटनामा परी गम्भीर घाइते तीनै जनालाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार अन्य घाइते तीनैजनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ भने मृतक र घाइतेको पहिचान खुल्न सकेको छैन । साथै तीन चिनियाँ नागरिकको शव अस्पतालमा राखिएको उहाँले बताउनुभयो ।