• १६ भदौ २०८१, आइतबार

खोल्सामा आएको बाढीले बगाउँदा बालिकाको मृत्यु

blog

तुलसीपुर, वैशाख १९ गते । बबई गाउँपालिका वडा नम्बर ४ चाइकेरे चोक नजिकैको खोल्साले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । बबई ४ की १५ वर्षिय सन्ध्या परियारको सोमबार दिउँसो परेको अविरल वर्षाका कारण खोल्सामा आएको बाढीले बगाउदा मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दिउँसो आएको खोल्साको बाढीले बगाउँदा गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो । बबई ४ जनकल्याण माध्यमिक विद्यालयमा कक्षा दशमा अध्ययनरत रहेको बताइएको छ ।

दिउँसो आएको असिना, हावाहुरीका कारण बबई ४ आदर्शनगरका विवश कुखुराफर्ममा एक लाख बढी क्षति पु¥याएको सञ्चालक शोभाराम वलीले जानकारी दिनुभयो । बाढीका कारण बबई ५ ट्वाङ खोलामा आएको बाढीले  दाङ सुर्खेत सडकखण्ड अवरुद्ध भएको थियो ।