• १३ असोज २०८१, आइतबार

स्वास्थ्य क्षेत्रमा पनि दुई दिन बिदा दिन चिकित्सक संघको आग्रह

blog

काठमाडौं, वैशाख १८गते। नेपाल चिकित्सक संघ (एनएमए)ले सातामा  दुई दिन बिदा दिने सरकारको निर्णयको स्वागत गरेको छ। 

 संघले आइतबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य क्षेत्रमा पनि  दुई दिन बिदा दिने सरकारको निर्णय लागु गर्न आग्रह  गर्दै यो निर्णयको स्वागत गरेको हो। 

चिकित्सकले परिवारलाई समय दिन नसकेको, सधैं काममा व्यस्त रहँदा मानसिक तथा शारीरिक तनावमा रहनुपर्ने भएकाले दुई दिन बिदाको निर्णय राम्रो भएको चिकित्सक संघले विज्ञप्तीमार्फत उल्लेख गरेको छ। 

सातामा दुई दिन  बिदा हुँदा चिकित्सकले आराम गर्ने समय पाउने र तवावमुक्त अवस्थामा काम गर्न पाउने भएकाले निर्णय राम्रो भएको चिकित्सक संघको जिकिर छ।

वैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १ गतेदेखि सातामा  दुई दिन बिदा दिने निर्णय गरेको थियो। 

स्वास्थ्य मन्त्री विरोध खतिवडाले स्वास्थ्य क्षेत्रमा सातामा २ दिन कुनै पनि हालतमा बिदा नहुने र ओपीडी सेवा बन्द नहुने बताउनु भएको थियो। 

बिरामी मारमा पर्ने भएकाले लगातार  दुई दिन बिदा दिन नहुने मन्त्री खतिवडाको भनाइ थियो।

दुई दिन बिदा दिने नदिने भन्ने विषयमा अहिले मन्त्रालयले  कुनै निर्णय गरिसकेको मन्त्रालयका प्रवक्ता डा संगीता कौशल मिश्रले जानकारी  दिनुभयो। 

मन्त्रालयका अधिकारीसँग अस्पतालका प्रमुखलाई बोलाएर छलफल गरेपछिमात्र बिदा दिने नदिने भन्ने विषयमा निर्णय गर्ने प्रवक्ता मिश्राले जानकारी दिनुभयो।