• १९ असार २०८१, बुधबार

इन्धनको मूल्य बढ्यो

blog

काठमाडौँ, असार १७ गते । पेट्रोल, डिजेल र मटितेलको मूल्य बढेको छ । नेपाल आयल निगमले सोमबारदेखि लागु हुने गरी पेट्रोल प्रतिलिटरमा दुई रुपियाँ र डिजेल/मटितेल लिटरमा पाँच रुपियाँ मूल्य बढाएको हो । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १६७ र डिजेल/मटितेल १५७ रुपियाँ पुगेको छ ।  इन्डियन आयल कर्पोरेसन (आइओसी) ले आइतबार पठाएको नयाँ मूल्य अनुसार पेट्रोल लिटरमा दुई रुपियाँ ४१ पैसा र  डिजेल लिटरमा चार रुपियाँ ९१ पैसा बढेर आएको थियो । सोही मूल्य अनुसार स्थानीय बजारमा मूल्य बढाइएको निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।  

अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य सामान्य बढेकाले त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । आइओसीले प्रत्येक महिनामा दुई पटक मूल्य पठाउने गर्छ । सोही मूल्यका आधारमा निगमले स्थानीय बजारमा मूल्य सामायोजन गर्ने गरेको छ ।