• १७ असार २०८१, सोमबार

वन वातावरण पत्रकार संघ गठन

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार १५ गते । वन तथा वातावरण क्षेत्रलाई विट बनाएर रिपोर्टिङ गर्ने पत्रकारले वन वातावरण पत्रकार संघ, नेपाल नामक तदर्थ समिति गठन गरेका छन् ।

आज काठमाडौंमा भएको भेलाले ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिको अध्यक्षमा सुशील मैनाली रहनुभएको छ । समितिको सदस्यहरुमा हरि बास्तोला, रोजिना थापा, भानुभक्त आचार्य, अनिल पराजुली, प्रेम बास्तोला रहनुभएको छ । 

यसैगरी संघको अन्य सदस्यहरुमा शुभलक्ष्मी विक, अञ्जली थापा, विकास आचार्य, घनश्याम पौडेल र केशव भण्डारी रहनुभएको पत्रकार रामकृष्ण भण्डारीले जानकारी दिनुभयो । ग्रिन फाउण्डेशन नेपालको रोहबरमा पत्रकारको भेलाले सो संघ गठन गरेको जनाएको छ । 

सो अवसरमा फाउण्डेशनका अध्यक्ष घनश्याम पाण्डे, बागमती प्रदेश सभा सदस्य भारती पाठक, निजी तथा पारिवारिक वनका अध्यक्ष जोगराज गिरी लगायतको उपस्थिति थियो ।