• १५ चैत २०८०, बिहिबार

कपनमा निःशुल्क स्वास्थ्य शिविर

blog

काठमाडौं, बैशाख १७ गते । गिरिजाप्रसाद कोइराला फाउण्डेशन बागमती प्रदेशले काठमाडौँको कपनमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । फाउण्डेशन बागमती प्रदेशले शुक्रबार काठमाडौँ मेडिकल कलेजको सहकार्यमा बूढानीलकण्ठ नगरपालिका–११ कपनटारमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो । 

कार्यक्रममा फाउण्डेशन बागमती प्रदेशका अध्यक्ष गणेश भट्टराईले कपन क्षेत्रमा बस्ने गरिब तथा विपन्न नागरिकलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरेको जानकारी दिनुभयो । उहाँले जीपी फाउण्डेशनले समाजका विभिन्न क्षेत्रमा काम गर्दै आएको बताउँदै नागरिकको स्वास्थ्य जाँच सेवालाई विशेष प्राथमिकता दिएको बताउनुभयो ।

उक्त स्वास्थ्य शिविरमा ९०२ लाई सेवा प्रदान गरिएको थियो । शिविरमा प्रसूति तथा स्त्रीरोग, बालरोग, छालारोग, हाडजोर्नी तथा नसा, नाक, कान, घाँटी साथै आँखा रोग र दाँतसम्बन्धी रोगको जाँच गरिएको थियो । यस्तै शिविरमा भिडियो एक्सरे सेवा, प्रयोगशाला, इसिजी सेवा पनि प्रदान गरिएको फाउण्डेशन बागमती प्रदेशका सहसंयोजक कुमार खड्काले जानकारी दिनुभयो । आगामी दिनमा बूढानीलकण्ठका सबै वडामा यस्ता शिविर सञ्चालन गर्ने उहाँको भनाइ छ ।