• ५ जेठ २०८१, शनिबार

कञ्चनजङ्घा आरोहण मार्ग चुचुरो नजिक

blog

फाइल तस्विर

काठमाडौं, बैशाख १५ गते । कञ्चनजङ्घा हिमाल आरोहणको आरोहण मार्ग चुचुरो नजिक पुगेको छ । शुक्रबार अर्थात अप्रिल २९ गते चुचुरो पुग्ने लक्ष्य राखेर काम डोरी टाँग्ने काम अघि बढाए पनि खराव मौसमका कारण टोली चुचुरो भन्दा पाँच सय मिटर तलबाट फर्केको पायोनियर एड्भेन्चर ट्रेकका प्रमुख पासाङ शेर्पाले जानकारी दिनुभयो । 

चुचुरो पुग्ने लक्ष्यले १३ जना आरोही र गाइडसहितको टोली त्यसतर्फ गएका थिए । तर मौसम खरावीका कारण फर्कनुपरेको उहाँले जानकारी दिनुभयो । बाटो निर्माण र डोरी टाँग्ने काम ढिलाइसँगै आरोहण केही समय पछि जाने भएको छ । पायोनियर एड्भेन्चर ट्रेकले बाटो निर्माणको जिम्मा पाएको थियो तर ट्रेकले चौथो क्याम्पसम्म बाटो निर्माण गरेको त्यसपछि इमाजिन ट्रेक र इलाइट एक्पीडिसनका टोलीले बाटो निर्माणको जिम्मा लिएर चुचुरो तर्फ गएको तर सफल नभएको शेर्पाले जानकारी दिनुभयो । 

आरोहण मार्ग निर्माण गर्न पायोनियर एड्भेन्चर ट्रेकको टोली आधारशिविरबाट पुनःबाटो लाग्ने तयारीमा रहेको जनाएको छ । पायोनियरका माउन्टेन गाइड दानु भोटेले नेतृत्व आरोहण मार्ग निर्माणलाई तिव्रता दिन सेभेन समिट ट्रेक, इमाजिन ट्रेक र ग्राण्ड हिमालय ट्रेकका गाइडहरु खटिएका थिए । 

सगरमाथा, ल्होत्से र मकालु हिमालभन्दा अगाडि नै कञ्चनजङ्घा हिमालको आरोहण हुने कम्पनीका प्रमुख शेर्पाले जानकारी दिनुभयो । यता सगरमाथा आरोहण मार्ग निर्माण शुक्रबारसम्ममा चौथो क्याम्प पुग्ने भएको छ। 

यस वर्ष सात आरोहणदलबाट ५५ जना पुरुष र १३ जना महिला गरी ६८ जना आरोहीले आरोहणका लागि अनुमति लिएको पर्यटन विभागको तथ्याङ्क छ ।

Author
छेटु शेर्पा

शेर्पा, पर्यटन र समसामयिक विषयमा रिर्पोटिङ गर्नुहुन्छ।