काठमाडौँ, वैशाख १४ गते । विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालका चार खेलाडीले प्रतिस्पर्धा गर्नेभएका छन् । नेपाल बक्सिङ संघले विश्व बक्सिङमा सहभागी हुने खेलाडीलाई नेपाल बक्सिङ संघले बन्द प्रशिक्षणका लागि बोलाएको हो ।
अन्तर्राष्ट्रिय बक्सिङ संघ विश्व महिला बक्सिङ च्याम्पियनसिप मे ६ देखि २१ तारिखसम्म टर्कीको इस्तानबुलमा हुँदैछ। उक्त च्याम्पियनसिपमा सहभागिताको लागि नेपालबाट ४८ केजी तौल समूहमा सुष्मा तामाङ, ५२ केजी तौल समूहमा १३ औँ सागकी स्वर्णधारी मिनु गुरुङ, ५७ केजी तौल समूहमा चन्द्रकला थापा र ६० केजी तौल समुहमा १३औँ सागकी रजत पदक विजेता पुनम रावलले प्रतिस्पर्धा गर्नुहुनेछ ।
प्रशिक्षणमा बोलाईएका यी चार खेलाडी थाइल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा सहभागि खेलाडी हुन् । उक्त च्याम्पियनसिपमा पुनमले कांस्य पदक जित्नुभएको थियो । रावलले जितेको उक्त पदक नेपालले १२ बषपछि जितेको पदक हो । १२ बर्षअघि दिपक महर्जन (हाल प्रशिक्षक) ले कांस्य पदक जित्नुभएको थियो । प्रशिक्षणमा बोलाएका खेलाडीलाई बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगर र आइबा थ्री स्टार प्रशिक्षक दीपक मर्हजनले प्रशिक्षण दिनुहुनेछ ।
प्रशिक्षण सातदोबाटोस्थित बक्सिङ प्रशिक्षण हलमा बिहान र बेलुका हुने नेपाल बक्सिङ संघले जनाएको छ । विश्व च्याम्पियनसिपमा ८३ देशमा तीन सय ९२ खेलाडीले नाम दर्ता गरिसकेका छन् । यस च्याम्पियनसिपमा स्वर्ण विजेताले एक लाख, उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार अमेरिकी डलर पुरस्कार पाउनेछन् । 
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                