• ७ कात्तिक २०८१, बुधबार

आजको मितिमा बेमेल, एक दिन अगाडि

blog

काठमाडौँ, जेठ ३२ गते । आज विक्रम सम्बत् २०८१ जेठ ३२ गते हो तर प्राविधिक हिसाबले मितिमा बेमेल देखिएको छ । एक दिन अगाडि भएर आज नेपालका वेबसाइटहरूमा असार १ गतेको मिति देखाएको छ । नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आधिकारिक वेबसाइट लगायत नेपालका सबै वेबसाइटहरूमा असार १ गते देखाएको छ । 

गोरखापत्र अनलाइनमा कार्यरत कम्प्युटर आइटी इन्जिनियर सविन बजगाईँका अनुसार अङ्ग्रेजी मितिबाट नेपाली मिति परिवर्तन गर्ने टुल्समा नै समस्या देखिएपछि एक दिन अगाडिको मिति देखिएको बताउनुभयो । अङ्ग्रेजी पात्रोलाई नेपालीमा परिवर्तन गर्दा जेठ ३१ गतेसम्मको महिना मात्र रहेको र असार ३२ गतेको महिना रहेको थियो तर जेठ ३२ गतेको महिना पञ्चाङ्ग निर्माण समितिले तय गरेपछि आज असार १ गते देखिएको हो उहाँले भन्नुभयाे,।

अङ्ग्रेजी मिति भने आज सन् २०२४ जुन १४ हो ।