• १ साउन २०८१, मङ्गलबार

माइलीलाई धन्यवाद !

blog

मङ्सिर सकिएर पुस लाग्न थालेको छ । घाम प्यारो हुँदै गएको छ अनिलको हजुरबालाई । बुढो पुरानो टोलको दुई पुस्ता अघिदेखिको सानो पसलको अगाडि मेच राखेर बिहानभरि घाम ताप्न बस्छ । त्यो टोल काठमाडोँको प्राचीन टोल थियो । त्यति बेला काठमाडौँ यति साँगुरो व्यस्त थिएन । बुढाका पुर्खाले ओगटेको पसलको ठाउँ थियो । कसैले झ्वाट्टै बुढालाई ठाउँ छोड भन्न सक्तैनथ्यो । पसलमा अचेल केटो बस्छ चनाखो भएर जसलाई बुढोले खानलाउन दिन्छु, पढाइदिन्छ्ु र बिरामी भए निको हुन्जेल उपचार गरिदिन्छु भनेर गाउँबाट ल्याएको थियो । त्यस कुरामा माइली पनि साछी थिई । खानलाउन त दिइरहेछ, केटो बिरामी परेको पनि छैन तर उसलाई स्कुल भर्ना गर्न अनिलको हजुरबा भनेर चिनिने बुढोले ढिलो गरिरहेछ । उसको दिन खोक्तै घाम ताप्नमै र छेउछाउ खकारैखकार हुने गरी थुक्नमा बित्छ । झिङा बाक्लै भन्किरहन्छन् । केटोका लागि सानो पसलभित्र खुम्चिएर स्कुल जाने केटोकेटीलाई टफी र चाउचाउ बेच्दै रहर भरिएका आँखाले हेरिरहनुबाहेक अरू केही हुन सकिरहेको छैन । 

त्यस्तै जाडोका दिनमा अर्थात् मङ््सिर बितेर पुस लागेको पहिलो साताको एक बिहान अनिलको हजुरबा अर्थात् बुढो सधेँ भैmँ पसल अगाडि पेटीमा मेच राखेर घाम ताप्न बसेको थियो । पेटीमा हिँड्नेहरूबाटै ढाकेर बसेको बुढो देखेर मुख खुम्च्याउँदै ऊ बसेको ठाउँदेखि तर्केर हिँड्थे । बुढो नजाने भैmँ गरी अटेर गरेर बस्थ्यो । उसका आँखा पसलभित्र खुम्चेर बसेको केटोतिर । हुन्थ्यो किनभने उसको एउटा आँखा फुलोले ढाकिएर देख्न नसक्ने भएको थियो । केटोले कतै चाउचाउ, टफी र केहीलाई चुरोट बेचेर टाँका मारिरहेको त छैन । तर केटोको मनमा कहिले स्कुल भर्ना गरिदेलान् भन्ने उत्सुकता थियो जुन उसको सानो मनको एउटा अँध्यारो भागमा धिपधिपाइरहेको आशाको निभ्न लागेको दियो जस्तो थियो । उसका कलिला हातका औँला अनिलका परिवारका जुठा भाँडा मस्काउँदा मस्काउँदा चिरा पर्दै ठुटिन थालेका थिए । 

अनिल पनि स्कुल जान्थ्यो तर ऊ हजुरबालाई केटोमाथि दया गर्न केही भन्न सक्तैनथ्यो । ऊ मनमनै मुर्मुरिन्थ्यो तर डराउँथ्यो । अनिल घरको कान्छो थियो र धेरै बोल्नबाट वञ्चित गरिएको थियो– “सानो भएर ठुलाहरूभन्दा धेरै जान्ने हुन्छस्  बड ।”

त्यस दिन घाम लाग्न ढिलो भइरहेको थियो । बुढो साबिक ठाउँमै मेच राखेर बसिसकेको थियो । खोक्थ्यो बेलाबेला । त्यस्तैमा उही माइली कताबाट हो झुल्की र अनिलको हजुरबा अगाडि उभिन आई । उसको काखमा एउटा तोते बोली फुटेको बालक थियो । बालक ‘आमा–आमा’ भनेर हाँस्दै थियो । माइलीले एक्कासि केही नभनी बालकलाई अनिलको हजुरबाको काखमा राखिदिँदै भनी, “हजुरबा यो नातिकेटोलाई एकछिन हेरिदिनोस् त । मैले किनमेल गरेको सामानको पोको उताको पसलमा छुटेछ । लिएर आउन्जेल मात्रै हो यसलाई हेर्ने । म गएँ अनि आइहालेँ ।” माइली आमा बनिसके पनि युवती नै थिई । केही वर्षअघि उसको बिहे भएको थियो र परार आमा बनेकी थिई । माइलीले त्यति भनेर फ्यात्त बालक अनिलको हजुरबाको काखमा फालिराखेर अलप भएकी थिई । माइली बुढाको घरमा गाउँका सागतरकारी पु-याउने पनि गर्थे । 

अनिलको हजुरबा बुढोलाई बेलाबेला छोटोलामो खोकी लाग्थ्यो । अहिले पनि खोक्न सुरु मात्र गरेको थियो बुढो, माइलीले काखमा बालक राखिदिएपछि ऊ अक्कनबक्क भएर बच्चोलाई एक पटक र उसकी आमा गएतिर एक पटक हेर्न खोज्दै थियो । बालककी आमा माइली आफ्नो भनाइ सकेर भाषण सक्नासाथ अन्त्रय पनि जानु छ भनेर कुदेको व्यस्त नेता भैmँ अलप भइसकेकी थिई । 

अनिलको हजुरबा बुढोले बच्चाकी आमाको भनाइ प्रस्टै सुन्यो र बुझ्यो पनि । माइलीको बोली प्रस्ट थियो । ऊ आफ्नो कुरा बिनाधक भन्थी । डराउन जानेकी थिइन । उसको स्वर मिठो पनि थियो । कताकता उसको यौवनपूर्ण जिउको हप्कोले अनिलको हजुरबा बुढाको मनमा एक किसिमको मादक अनुभूति पनि गराइदिएको थियो । तर बुढोले माइलीको अनुहार राम्ररी देख्नै पाएन नत्र जिस्क्याउन केही भनिहाल्ने थियो । बच्चा उसको काखमा थपक्क राखेर जिम्मा लाएपछि ऊ यसरी गई मानौँ बच्चा वास्तवमै बुढाको नाति हो र नाति हजुरबा नपाएर कहालिँदै रोइरहेको छ अनि अहिले भेट गराइदिएपछि घाम ताप्दै उसलाई हेर्नु बुढाको मुख्य र नित्य काम हो ।

“ए केटा तैँले यो बच्चा मेरो काखमा फालेर जानेलाई चिनिस् ?” अनिलको हजुरबा बुढोले पसलभित्र खुम्चिएर बसेको केटोलाई एकाएक सोध्यो । बुढाको मनमा माइली यो केटाको गाउँकी हो भन्नेमा शङ्का थिएन । तर त्यसरी आफ्नो काखमा बच्चा सम्पिएर जाँदा बुढो अक्कनबक्क परेको थियो ।  केटो स्कुल कहिले जान पाइएला र यो पसल कुर्ने कामबाट फुर्सत पाइएला भन्ने कल्पनामा चुर्लुम्मिएको थियो । बुढाले हप्काए भैmँ गरेर सोध्दा ऊ झस्कियो । काखको बच्चोतिर हे¥यो । कतै उसकै गाउँकी दिदी पर्नेको त होइन ? घरबाट खानलाउनका साथै पढाइदिने बाचा गरेर सहर जान उसलाई बिदा दिने गाउँलेहरू कसैले यतिका दिनसम्म सोधखोज गरेको होइन । मात्र  गाउँकी दिदी माइलीले बेलाबेला भेट्थी । उसलाई स्कुल भर्ना गर्न किन ढिला गरेको भनेर बुढालाई प्रश्न पनि गरेकी थिई । बुढाले ‘भर्नाको समय हुँदै छ’ भनेर आलेटाले जबाफ दिएको थियो । छ महिना वर्षदिन भइसक्यो । दुःखले गर्दा गाउँ पनि बिर्सिन सकिरहेको थिएन । अहिले बुढाको काखमा कसले बच्चो राखेर गयो, केटोलाई के थाहा ? तर उसले ठम्यायो– त्यो माइली नै हुनु पर्छ ।   

“मलाई थाहा छैन हजुरबा ।” केटोले पसलभित्रैबाट बुढाले सुन्ने गरी भन्यो ।

बुढाको पसलछेउमा फलपूmल पसल थियो । पसल राखेको घर बुढाकै थियो र पसल बुढोले बहालमा दिएको थियो । सहरमा दुई चार  अरू घर पनि थिए बुढाका विभिन्न टोलमा । बुढाले काखमा राखेको बच्चो पसलछेउको फलपूmल पसलमा डोरीमा डाँक्ला र हरिया पातसहित झुन्ड्याइएको सुन्तलातिर हेर्दै मडारिन थाल्यो र भन्यो, “नाइँ, छुन्तला खान्छु ।” बुढाले बच्चोलाई भुइँमा राख्न चाह्यो । तर भुई सिमेन्टीको पेटी थियो जुन रातिको शीतले झन् चिसिएको थियो । राति सिरेटो पनि चलेको थियो । बुढोले एक मन त बच्चोलाई फ्यात्त भुइँमा फालेर “ला खा तेरा बाको सुन्तला !” भनेर रिस देखाउन चाह्यो । तर माइलीको अनुहार झल्यास्स उसका आँखामा देखिन आयो । त्यसो गर्दा वरिपरिका पसलेहरूले बुढाको त्यस्तो व्रिmयाकलापले एकाएक बौलाएछ भन्लान् भन्ने डरले ऊ चुप बस्यो । बुढो धेरै बेर चुप बस्न सकेन । बच्चोले पाकेका ठुला कोसाका केरातिर औँलोले देखाउँदै भन्यो, “केला पनि खान्छु, छुन्तला पनि खान्छु ।” 

बुढाको केही सिप चलेन । उसले केटोलाई भन्यो, “जा तेरा बालाई एकेक वटा केरा र सुन्तला ल्यार दे ।” केटो बुढोलाई बच्चोले सताएको र निहुराएको देखेर भित्रभित्रै खुसी थियो । घरमा काम गर्ने केटो खोज्न गाउँ पुगेको बुढोले टाढाको ससुराको साइनो देखाएर उसकी आमालाई केटो दिन अनेक बाचा र प्रलोभन देखाउँदै फकाएको थियो । पछि राजी गराएर यहाँ ल्याएको थियो । यहाँ पुगेको अर्को दिनदेखि नै बुढोको असली रूप केटोले देख्न पाइहाल्यो । त्यो रूप बुढाको व्र्रूmरतापूर्ण थियो । राति सुत्न केटोलाई बुढाको पलङमुनिको भुइँमा एउटा पुरानो सत्रन्जा ओछ्याएको ठाउँ दिइएको थियो । ओढ्नलाई एउटा पुरानो राडी । राडी सिनो पल्टेको भेडो गनाउँथ्यो । तकिया थिएन । बुढोले भन्यो, “राति तैँले मलाई मुताउन कोपरा थाप्नु पर्छ । म उठेको थाहा पाएपछि उठिहाल्नु है ।” 

केटो धेरै तर्सियो । कोपरा थाप्नु मात्र होइन, बिहान त्यो गनाउने मुत फालेर कोपरा बेसरी माझेर सफा पनि गर्नुपथ्र्यो । केटो असाध्य त्रस्त भयो । गाउँ सम्झियो, आमा सम्झियो । आमाको माया सम्झियो । बाउ थिएन । ऊ सानै छँदा हैजा लागेर बितिसकेको थियो उसको बाउ । यहाँबाट उम्किने ठाउँ थिएन । बुढाको फन्दामा केटो परेको थियो र गाउँ फर्कने बाटो पनि उसलाई थाहा थिएन । थाहा भए पनि बस भाडा थिएन । ऊ रातभरि भित्रभित्रै रोएर आँसु सुकाउँथ्यो अनि कति खेर हो निदाउँथ्यो । अर्को दिनदेखि नै बुढोले उसलाई ‘भाते’ भन्न थालिसकेको थियो । खानामा उसका नाति र अरूले छाडेको जुठोपुरो दिइन्थ्यो । बाहिर बुढोले प्रचार गरेको थियो– “केटोलाई  स्कुल भर्ना गरिदिने हो । पढ्नमा तेज छ । गाउँमा फस्ट आउने केटो मेरो हात परेको छ । यसको भविष्य उज्ज्वल छ ।” 

केटो दिनभरि पसलमा बस्थ्यो । बुढो घाम ताप्थ्यो । केटोलाई टफी खाने मन भए पनि आमाले दिएको नचोर्नू भन्ने अर्ती सम्झिन्थ्यो । टफीतिर बढेको हात पछि साथ्र्यो । चोर्नु ठिक छैन । आमाहरू आफ्नो सन्तानका लागि उपयोगी कुरा गर्छन् । कुनै एक दिन आज कसो टफी नचोरी छाड्दिनँ भन्ने विचार गथ्र्यो । गुलियो नचाखेको धेरै दिन भएको थियो । दिउँसको घाममा बुढो उङ्न थाल्थ्यो । 

कहिलेकाहीँ बुढाको ओठका माझबाट ¥याल बगेको पनि देखिन्थ्यो । तर वरिपरिकाहरू बुढासँग तर्सिन्थे । खास कारण बुढो धनाढ्य हुनु थियो । केटोले थाहा पाए अनुसार बुढो ठाउँ ठाउँ घर भएको धनाढ्य थियो । धनपैसाले परिपूर्ण र सन्तानहरू पनि अफिसर तहका तर सबै निर्दयी । तिनमध्ये कोहीका बुहारी दयावान् भएर केटोलाई स्कुल पठाउने तारतम्यतिर लागी भने पनि बुढोले हप्काएर आच्छु आच्छु पाथ्र्यो । त्यस्ता सन्तानलाई केटाको छेउ पर्न दिँदैनथ्यो बुढो । 

त्यसै दिन टफी नचोरी नछाड्ने अठोट गरिसकेको थियो केटोले । टफी चरमचरम चपाएर निलेपछि बुढोले थाहा पाउन सक्तैन भन्ने सोच थियो केटाको । तर जुन दिन माइलीले बुढोलाई बच्चो थमाएर गई । ऊ कति बेला फर्किने हो भन्ने अनुमान बुढाले समेत गर्न सकेको थिएन । बच्चो सुन्तला र केरा खाएर निदाएको थियो र पसलभित्र ‘अँ अँ’ र ‘उँ उँ’ गर्दै सुतेको थियो । केटोलाई बच्चोले मुतेर फोहोर पारिदिने हो कि भन्ने चिन्ता थियो । त्यो पनि उसैले सोहोर्नुपर्ने हो । टफी चोर्ने कुरो उसले बिर्सेको थियो । बच्चाकी आमा कता गई ? आमा साहसी रहिछ । आमाहरू साहसी पनि हुँदा रहेछन् । उसकी आमाले पनि त उज्ज्वल भविष्य सोचेर टाढाको ससुरो पर्ने बुढाको साथ लगाएर उसलाई सहर पठाइन् । आमाले उसको भविष्य उज्यालो होला भनेर पठाएकी थिइन् तर बुढोले उसलाई अँध्यारो सुरुङभित्र हुलेको छ । केटोले कुकुरले नपाउने दुःख पाइरहेछ । बुढाको घरमा पालेको भकुल्ले ‘बेबी’ नामकी सानो जिउकी कुकुर्नी छे । उसलाई सबैले आफ्ना काखकाखमा राखेर खाना खुवाउँछन् । त्यसको जुठो पनि खान्छन् । त्यससँग मुख जोरेर त्यसको म्वाइँ पनि खान्छन् । कुकुरहरू दुःख मात्र पाउँदा रहेनछन् भन्ने देख्यो केटोले । 

माइली केटाकी गाउँकी हो । ऊ फर्किने बेला भइसकेको थियो । बच्चाकी आमा कति बेला फर्कली भन्ने बुढाले अनुमान गर्न सकेको थिएन । तर केटालाई लागिरह्यो बच्चाकी आमा अब फर्कने बेला भयो । केटाको अनुमान सही ठहरियो । कताबाट हो बच्चाकी आमा माइली फुर्तीसाथ फुत्त प्रकट भई । उसको साथमा एक जना प्रहरी पनि थियो । ऊ सोभैm बुढाको छेउमा गई र भनी, “धन्यवाद बा ! बच्चो रोएर सताउन त सताएन ?” छेउमा माइली आएर एकाएक उभिँदा बुढो झस्कियो तापनि आपूmलाई समालेर भन्यो, “हैन, सबै ठिकै छ माइली । बच्चोले सुन्तला र केरा खाएको छ । त्यसको पैसा देऊ ।” केटोले देख्यो बुढोले पैसा मागे पनि प्रहरीलाई देखेर अलि उकुसमुकुसिएको छ । माइलीको साथ लागेर आएको प्रहरीले हातको डन्डा घुमाएर केटोलाई हे¥यो । अनि सोध्यो, “यही हो केटो ?” 

“हो भाइ ।” अनि माइली बुढोतिर फर्की र भनी, “बा तपाईंले यो बच्चोलाई गाउँबाट ल्याएको दिनदेखि पसल कुरुवा बनाएर राखेको देखेँ । अनि बुझ्दा घरमा भाँडा माझ्ने कामदेखि अरू अरू अप्ठ्यारा काम पनि लगाउनुहुँदो रहेछ । यो बच्चो पसलमा बसेर कहिले निदाउने त कहिले आँखा मिच्दै रुने गर्छ । छेउछाउकालाई बुझ्दा थाहा पाइयो । तपाई घाम तापेर उङेर बस्ने यसले चाहिँ आफ्नो उमेर नसुहाउँदो घरको काम गर्ने र पसल चलाउने ? मैले सहन सकिनँ र गाउँ गएर बुझ्दा यसलाई खानलाउन दिने, पढाइदिने बाचा गरेर ल्याउनुभएको रहेछ ।” 

बुढोले अनकनाउँदै भन्यो, “त्यो त त्यही हो । भनेअनुसारको हुँदो रहेनछ ।” बुढोको तर्कमा दम थिएन । छउछाउकाले थप गलफत्ती भएको देखेनन् । केटो पसलभित्र बसेर सबै हेरिरहेको थियो । बुढो मेचबाट उठेर उभिएको देख्यो र केके फतफताइरहेको पनि देखियो । भन्दै थियो, “भलो गर्ने जमाना छैन ।”  उसको जबाफ सुनेर माइलीको साथमा आएको प्रहरीले नचिताएको स्वरमा भन्यो, “ती सब पछि सुन्दै गरौँला बाजे । अहिले हिँडौँ त मसँग ।”                               

बुढो पछिपछि र प्रहरी अघि अघि अनि केटोको हात समातेर डो¥याउँदै काखमा बच्चो बोकेकी माइली गइरहेका देखेर छरछिमेकका पसलेहरू ट्वाल्ल परिरहेका थिए । “छोराहरू अफिसर छन् छुटिहाल्छ बुढो ।” 

“तैपनि बुढोको इज्जतमा धब्बा त लाग्यो । बहुतै मात्तिएको थियो । माइलीले तह लगाई, केटाको उद्धार पनि गरी ।”  माथि घाम अभैm ढल्नै बाँकी थियो र बुढोको पसल बुरुवाबिना ह्वाङ्ङै खुला थियो ।