• १६ चैत २०८०, शुक्रबार

मेडिकल शिक्षालाई व्यवस्थित बनाउने पहलमा शिक्षामन्त्री पौडेल

blog

छलफलमा सहभागी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललगायत । तस्बिरः गोप

काठमाडौं, वैशाख १३ गते।  मेडिकल साइन्सको पढाइ नेपालमै व्यवस्थित र स्तरीय बनाउने विषयमा शिक्षामन्त्रालयले छलफल थालेको छ। 

चिकित्सा शिक्षा, त्रिभुवन शिक्षण अस्पताल, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, संस्कृत विश्वविद्यालयलगायतका पदाधिकारीसँग शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मंगलबार छलफल गर्नुभएको हो। 

छलफलमा शिक्षामन्त्री पौडेलले साइन्सको पठनपाठन नेपालमै व्यवस्थित र स्तरीय बनाउने तयारी सुरु भएको बताउनुभयो। मेडिकल शिक्षा आर्जनका लागि हरेक वर्ष ९८ अर्ब रुपैयाँ रकम देश बाहिर गइरहेको बताउँदै भन्दै उहाँले नेपालमै साइन्सको पढाइलाई व्यवस्थित र स्तरीय बनाउनुपर्नेमा जोड दिनुभयो। 

‘देशमा मेडिकल शिक्षा पढ्ने विद्यार्थीको आकर्षण बढ्ढो छ’, मन्त्री पौडेलले भन्नुभयो, ‘देश बाहिर पढ्न गएका नेपालमा आएर परीक्षा दिई डाक्टर बनिरहेका छन्। उनीहरुलाई नेपालमै पढ्ने र परीक्षा दिने व्यवस्था गर्नुपर्छ।’ 

देशमा पढ्ने व्यवस्था मिलाएर शिक्षा प्राप्तिका लागि बाहिरिने रकम नेपालमै रहनेमा उहाँको जोड रहेको छ। मन्त्री पौडेलले कागजमा दक्षजनशक्ति प्रर्याप्त देखिए पनि फिल्डमा नभएको गुनासो गर्नुभयो।

‘अवसरमा प्रतिस्पर्धा गर्ने दायर बढाएर क्वालिटी शिक्षामा ध्यान दियौं भने मात्रै उत्पादित जनशक्ति बेरोजगार बस्नुपर्दैन’, मन्त्री पौडेलले भन्नुभयो। ‘शिक्षालाई नियमन गरौं भन्दा हामी खुम्चिएका छौ’,ं मन्त्री पौडेलले भन्नुभयो,‘केही ऐन र कानुनको जटिलताले गर्दा सीमित बाहेकले देशमा पढ्न पाउने अवसर गुमाइरहेका छन्।’

छलफलमा सहभागीले मेडिकल क्षेत्रमा बजेट कम हुँदा धेरै समस्या आएको बताउँदै बजेट बढाउन मन्त्रीलाई आग्रह गरेका थिए।