• १३ असोज २०८१, आइतबार

लिमीका सात जना बालबालिकालाई आइपिभी खोप

blog

आइपिभी खोप लगाउँदै बालबालिका । तस्बिर सौजन्य : गोर्ख बहादुर भण्डारी

राजन रावत

हुम्ला, जेठ १८ गते । नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीमा सात जना बालबालिकाले पोलियो (आइपिभी) विरुद्धको खोप लगाएका छन् । जिल्लाभर १३ गतेबाट अभियान सुरु भए पनि लिमीमा ढिलो गरी खोप पुगेका कारण खोप लगाऊ ढिला भएको हो ।

लिमीका तीन मध्य हल्जी गाउँमा मात्र यो खोप लगाउने सात जना बालबालिका भएको र उनीहरू सबैलाई सुनखानी आबि खोप केन्द्रमा खोप लगाउने कार्य पूरा भएको लिमी स्वास्थ्य चौकीका गोर्खबहादुर भण्डारीले बताउनुभयो ।

यो खोप लगाउन छुटेका पाँचदेखि आठ वर्षसम्मका दुई बालिका र पाँच बालकले खोप लगाएका हुन् । स्वास्थ्यकर्मीले खोप बोकेर लिमी पुर्‍याएका थिए ।

यस पटक आइपिभी खोप भने लिमीका बालबालिकाले समय मै लगाउन पाएका छन् । लिमीका तील र हल्जी गाउँमा भने यो उमेर समूहका बालबालिका रहेका छैनन् । अन्य नियमित खोप भने अन्य चार जना बालबालिकाले लगाएका छन् ।