• ९ मंसिर २०८१, आइतबार

मन्थली नगरपालिकामा भयाे एमालेकाे उम्मेदवारी दर्ता

blog

नवराज श्रेष्ठ 

रामेछाप, वैशाख १२ गते । स्थानीय तह निर्वाचनको लागि रामेछापको मन्थली नगरपालिकामा एमालेका उम्मेदवारले सोमबार मनोनयन दर्ता गराएका छन् । नगरपालिकाको प्रमुखमा लब श्रेष्ठ र उपप्रमुखमा इश्वरी बस्नेतले उम्मेदवारी दर्ता गराउनुभएको छ । उम्मेदवारी दर्ता गर्नको लागि नेकपा एमालेका केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज कैलाशप्रसाद ढुङ्गेल, केन्द्रीय सदस्य माधव ढुङ्गेल, गीता कार्की, एमाले मन्थली नगर पार्टी अध्यक्ष रामबाबु घिमिरेलगायतका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुग्नुभएको थियो । मन्थली बजारबाट बाजागाजासहित एमालेका नेताहरू उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुग्नुभएको थियो ।

१४ वटा वडा रहेको मन्थली नगरपालिकामा एमालेले वडा नं १ मा दिनेश सुवेदी, २ मा सुरेन्द्र कार्की, ३ मा कृष्णगोपाल थापा, ४ मा शुक्रबहादुर श्रेष्ठ, ५ मा गणेश कार्की, ६ मा शङ्कर थापा, ७ मा देवेन्द्र श्रेष्ठ र ८ मा गोपाल श्रेष्ठ उम्मेदवार बन्नुभएको छ ।  यसै गरी वडा नं ९ मा गोकर्णराज आरण, १० मा रामहरि चौहान , ११ मा कृष्णबहादुर पुलामी भूपाल, १२ मा खुसहरि बुढाथोकी, १३ मा नवराज थापामगर र  १४ मा मोतीलाल तामाङ उम्मेदवार बन्नुभएको छ । उम्मेदवारी दर्ता गरेपछि नगरप्रमुखका उम्मेदवार लब श्रेष्ठले सबैको सहयोग र सद्भावबाट आफूले चुनाव  जित्ने विश्वास व्यक्ति गर्नुभयो । सबैको भावनालाई सम्बोधन गरी मन्थली नगरपालिकाको विकासमा जुट्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।