• १६ भदौ २०८१, आइतबार

स्थानीय तह निर्वाचन

१६ हजारको उम्मेदवारी दर्ता, निर्वाचन अधिकृतको कार्यालयमा भीड

blog

काठमाडौं, वैशाख १२ गते । निर्वाचन आयोगले सोमबार मध्याह्न १२ बजेसम्म उम्मेदवारी मनोनयनको विवरण सार्वजनिक गर्दै १६ हजार ५६८ उम्मेदवारी परेको जनाएको छ ।

जसमा प्रमुख पदमा ७६८ र उपप्रमुख पदमा ३८३ उम्मेदवारी परेको आयोगले जनाएको छ । त्यस्तै अध्यक्षमा ६१४, उपाध्यक्षमा ३३४ र वडाअध्यक्षमा चार हजार ४३९ जनाले मनोनयन दर्ता गराएको छन् । त्यस्तै महिला सदस्यमा दुई हजार ५४१, दलित महिला सदस्य दुई हजार ५९ र सदस्यमा पाँच हजार ४३० जनाले उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ ।

आयोगका अनुसार प्रदेश १ मा प्रमुख पदमा ११० जना, उपप्रमुख पदमा ६७,  अध्यक्षमा १०२, उपाध्यक्षमा ६१ र वडा अध्यक्षमा ७८९ जनाले मनोनयन दर्ता गराएका छन् । आयोगका अनुसार महिला सदस्यमा ४७७, दलित महिला सदस्यमा ३४७ र सदस्यमा एक हजार ३९ गरी जम्मा दुई हजार ९९२ जनाले मनोनयन दर्ता गराएका छन् ।

यसैगरी, मधेश प्रदेशमा प्रमुख पदमा २४१ र उपप्रमुखमा १०९, अध्यक्षमा १४७, उपाध्यक्षमा ७७ र वडाअध्यक्षमा एक हजार ३२१ जनाले मनोनयन दर्ता गराएको आयोगले जनाएको छ । साथै महिला सदस्यमा ७९५, दलित महिला सदस्यमा ७३० र सदस्यमा एक हजार ६२९ जना गरी पाँच हजार ४९ जनाले मख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।

यसैगरी, बागमती प्रदेशमा प्रमुख पदमा १६७, उपप्रमुखमा ७४, अध्यक्षमा ११९, उपाध्यक्षमा ५० र वडाअध्यक्षमा ६६१ जनाले मनोनयन दर्ता गराएका छन् । त्यस्तै, महिला सदस्यमा ३०७, दलित महिला सदस्यमा १९३ र सदस्यमा ६९९ जना गरी दुई हजार २७० जनाले मनोनयन गराएका छन् ।

गण्डकी प्रदेशमा प्रमुख पदमा ५४, उपप्रमुख पदमा ३२, अध्यक्ष ४८, उपाध्यक्ष २४ र वडा अध्यक्षमा २९९ जनाले मनोनयन दर्ता गराएका छन् । साथै महिला सदस्यमा १४३, दलित महिला सदस्यमा १०९  सदस्यमा ३३० जना गरी एक हजार ३९ जनाले मनोनयन दर्ता गराएका छन् ।

लुम्बिनी प्रदेशमा प्रमुख पदमा ११५, उपप्रमुख ५९, अध्यक्ष पदमा १२७, उपाध्यक्षमा ८३ र वडा अध्यक्षमा ८८५ जनाले मनोनयन दर्ता गराएका छन् । त्यस्तै महिला सदस्यमा ५६३, दलित महिला सदस्यमा ४८६ र सदस्यमा एक हजार २१४ जना गरी कुल तीन हजार ५३२ जनाले मनोनयन दर्ता गरेको आयोगले जनाएको छ ।

त्यस्तै, कर्णाली प्रदेशमा प्रमुख पदमा २७, उपप्रमुख पदमा १७, अध्यक्षमा ३९, उपाध्यक्षमा २१ र वडा अध्यक्षमा १८३ जनाले मनोनयन दर्ता गराएका छन् । साथै महिला सदस्यमा १०२, दलित महिला सदस्यमा ६६ र सदस्यमा १९४ गरी जम्मा ६४९ जनाले मनोनयन दर्ता गराएका छन् ।

सुदूरपश्चिम प्रदेशमा प्रमुखमा ५४, उपप्रमुखमा २५, अध्यक्षमा ३२, उपाध्यक्षमा १८ र वडाअध्यक्षमा ३०१ जनाले मनोनयन दर्ता गराएका छन् । साथै महिला सदस्यमा १५४, दलित महिला सदस्यमा १२८ र सदस्यमा ३२५ जना गरी कुल एक हजार ३७ जनाले मनोनयन दर्ता गराएका छन् ।