• १३ साउन २०८१, आइतबार

मुसीकोट नगर प्रमुख र वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता

blog

राजु लामिछाने

रुकुम पश्चिम, वैशाख १२ गते । रुकुम पश्चिमको मुसीकोट नगरपालिकाको प्रमुख र वडा अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । 

गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट मुसीकोट १ को वडाध्यक्षमा निर्वाचित वीरबल केसीले नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा केसीले नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएको सहायक निर्वाचन अधिकृत विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

त्यसैगरी, वडा नम्बर १ को अध्यक्षका लागि पनि स्वतन्त्रबाट उम्मेदवारी परेको छ । मुसीकोट नगरपालिका १ का कालिबहादुर महताराले वडा अध्यक्ष पदका लागि मनोनयन दर्ता गराउनुभएको हो । उहाँ नेपाली काँग्रेसको भ्रातृसङ्गठन तरुण दलका मुसीकोट नगर निर्वाचन परिचालन समितिका संयोजक हुनुहुन्छ । 

नेपाली काँग्रेसले मुसीकोट नगरपालिकाको प्रखुमको लागि महेन्द्र केसी, उप प्रमुखमा निर्मला गिरी र वडा नम्वर १ को वडा अध्यक्षमा ज्ञानुचन्द्र चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।