काठमाडौं, वैशाख १२ गते । आफ्नै श्रीमती ३० वर्षीया अस्मिता चौधरीको हत्या गरेको अभियोगमा बूढानीलकण्ठ नगरपालिका १० कपन आकाशे धारा नजिक डेरा गरी बस्ने सिराहा लाहान नगरपालिका ७ घर भएका ४२ वर्षीय प्रबिन चौधरीलाई प्रहरीले आइतबार राति पक्राउ गरेको छ ।
श्रीमतीलाई सुतिरहेको अवस्थामा आगो लगाई हत्या गर्न खोजेका थिए । शरिरमा तारपिन नामक तेल खन्याई आगो लगाई घाइते बनाएपछि उपचारको क्रममा मृत्यु भएको भएको थियो । आगो लगाएको अवस्थामा स्थानीयबासीले फेला पारी घाइतेको उपचार लागि अस्पताल भर्ना गरेको तर उपचार क्रममा मृत्यु भएको सोमबार प्रहरीले प्रकाशन गरेको विज्ञप्तीमा उल्लेख छ ।
यता मकवानपुरमा आफ्नै श्रीमती २८ वर्षीया दिया शर्माको हत्या गरेको अभियोगमा भारतीय नागरिकलाई पक्राउ गरेको छ । बकैया गाउँपालिका ५ तीनतले बस्ने भारत मध्यप्रदेश भाेपाल घर भएका ३० वर्षीय पवन सोनीलाई प्रहरीले आइतबर राति प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पवनले घरायसी विवादको कारण सुत्ने कोठामा घाँटी थिची हत्या गरेको इलाका प्रहरी कार्यालय फापरबारीले जनाएको छ । घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।