• ७ वैशाख २०८१, शुक्रबार

एमालेले टुङ्ग्यायो विराटनगरको प्रमुख र उपप्रमुख

blog

रङगेली समाचारदाता

मोरङ, वैशाख १२ गते । नेकपा (एमाले) ले विराटनगर महानगरपालिकामा प्रमुख र उपप्रमुख उम्मेदवारीको नामवली टुङ्गो लगाएको छ । आइतबार अबेरसम्म बसेको बैठकले प्रमुखमा  सागर थापा र उपप्रमुखमा सिल्पा निराला कार्कीको नाम टुङ्गो लगाएको नेकपा (एमाले) का सचिव रुपेश खतिवडाले जानकारी दिनुभयो ।

एमालेले शनिबार अन्य महानगरपालिकाहरुमा उम्मेदवारीको नाम टुङ्गो लगाइसकेको थियो । यता सत्ता गठबन्धनबाट भने विराटनगर महानगरपालिका प्रमुख नेपाली काँग्रेस र उपप्रमुख जनता समाजवादी पार्टीको भागमा निर्णय भएको छ ।

काँग्रेसको तर्फबाट नागेश कोइराला र जसपा अमरेन्द्र यादवको नाम अघि सारे पनि टुङ्गो लाग्न सकेको छैन ।