• १२ साउन २०८१, शनिबार

उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै

blog

काठमाडौं, बैशाख १० गते । महानगर र उपमहानगरपालिकामा उम्मेदवारको टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक आज (शनिबार) मध्यान्न ३ बजे बस्ने भएको छ । 

स्थानीय तहको निर्वाचन नजिकिएसँगै एमालेले उम्मेदवारी टुंगो लगाउन आज (शनिबार) ३ बजे पार्टी अध्यक्ष केपी शर्मा ओली  निवास बालकोट बैठक बस्ने भएको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । 

पार्टीले महानगर र उपमहानगरपालिकाको उम्मेदवारी टुंगो लगाएसँगै अन्य ७५३ वटै स्थानीय तहमा तत्काल उम्मेदवारीको नाम सार्वजनिक गर्ने तयारी समेत गरेको उहाँले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । 

प्रमुख दल मध्ये नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक मध्यान्न ३ बजेनै बैठक बस्ने भएको छ । यो समितिले  उम्मेदवारी टुंगो लगाउने पार्टीले जनाएको छ । अन्यदलले समेत उम्मेदवारीलाई टुंगो लगाउने गरी तयारी सुरु गरेको पाइएको छ । 

निर्वाचन आयोगले आइतबार र सोमबार मनोनयन दर्ताको कार्यक्रम सार्वजनिक गरी सकेको छ ।