• १२ साउन २०८१, शनिबार

नेकपा (एमाले) बाट सिफारिस हुनु भएका महानगर प्रमुखका उम्मेदवार

blog

काठमाडौं, बैशाख १० गते । नेकपा एमालेको शनिबार साँझसम्म बसेको सचिवालयको बैठकले पाँच महानगरपालिकाको प्रमुखको उम्मेदवारी नामावली टुंगो लगाएको लगाएको छ । छ नगरपालिका मध्ये विराटनगर महानगरपालिका बाहेक पाँच वटाको उम्मेदवारी टुंगो लगाएको एमालेका प्रचार विभाग प्रमुख पृथ्वी सुव्वा गुरुङले  जानकारी दिनुभयो । 

सिफारिस हुनु भएका मध्ये काठमाडौं महानगरपालिकाको प्रमुखमा केशव स्थापित, ललितपुरको प्रमुखमा हरिकृष्ण व्यञ्जनकार, पोखरा महानगरको प्रमुखमा दिपक पौडेल , भरतपुरको प्रमुखमा विजय सुवेदी र वीरगञ्जको प्रमुखमा विजय सारबगीलाई रहनु भएको प्रमुख गुरुङले जानकारी दिनुभयो । 

बैठकले विराटनगर महानगरपालिकामा उम्मेदवारको नाम टुंगो लगाउन बाँकी राखेको छ भने ११ वटा उपमहानगरपालिका मध्ये दुई वटा बाहेक अन्यमा उम्मेदवारको नाम टुंगो लगाई सकेको छ ।