• ३ असार २०८१, सोमबार

जेसिबीमा आगलागी हुँदा क्षति

blog

फाइल तस्विर

जनार्जन खत्री

सर्लाही, जेठ १३ गते । सर्लाहीको लालबन्दीमा जेसिबीमा आगलागी भएको छ । लालबन्दी नगरपालिका –५, स्थित कालिन्जोर खोलामा रोकिराखेको बा ३ क २९८६ नम्वरको जेसिबीमा आगलागी हुँदा जलेर क्षति भएको छ । 

चालक जेसिबी रोकेर खाना खान गएका बेला आगलागी भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । आगलागीबाट जेसिबीमा पूर्ण क्षति पुगेको छ । जेसिबीमा भएको आगलागी हरिवन नगरपालिकाबाट आएको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको छ ।

सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक श्रेष्ठले तत्कालको अनुसन्धानमा जेसिबीमा अचानक आगलागी भएको भनिएको र यस सम्वन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।