• ४ जेठ २०८१, शुक्रबार

तनहुँमा साना दलको मनोनयन दर्ता

blog

मुख्य निर्वाचन अधिकृतको कार्यालय, व्यास नगरपालिका तनहुँ ।

अमरराज नहर्की

तनहुँ, वैशाख १२ गते। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि तनहुँमा साना राजनीतिक दलले आइतबार मनोनयन दर्ता गराएका छन्। 

सदरमुकाम दमौलीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पहिलो दिन विवेकशील साझाले व्यास नगरपालिकाको प्रमुख, उपप्रमुख वडाध्यक्ष र खुला सदस्य पदम मनोनय दर्ता गराएको छ। 

विवेशीलबाट नगर प्रमुख रमेशप्रसाद आचार्य र उपप्रमुखमा हसिना बानुले मनोनय दर्ता गर्नुभएको छ।  मङ्गल नेशनल अर्र्गनाइजेशनबाट व्यास नगरपालिकाको प्रमुखमा अनिता थापामगर र उपप्रमुखमा श्रीमाया थापा रहनु भएको छ। 

स्वतन्त्रबाट पार्वती कार्कीले नगर प्रमुखमा मनोनयन दर्ता गर्नुभएको छ। वडाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीसहित साना नौ जना र सदस्यमा नौ जनाले मनोनयन दर्ता गर्नुभएको छ। वैशाख ३० गतेका लागि तोकिएको स्थानीय निर्वाचनका लागि वैशाख ११ र १२ गते मनोनयन दर्ताको समय दिइएको छ।