• ११ जेठ २०८१, शुक्रबार

बाजुरामा साना दलको मनोनयन दर्ता

blog

जिल्ला निर्वाचन कार्यालय बाजुरा। तस्बिर: शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, वैशाख ११ गते। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीसहित साना दलले आइतबार मनोनयन दर्ता गराएका छन्। 

बाजुरामा पहिलो दिन राष्ट्रिय प्रजातन्त्र पार्टीले मेयर अध्यक्ष र खुला सदस्य पदमा तीन वटा पालिकामा मनोनय दर्ता गराएको हो। 

बाजुराको हिमाली गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपेन्द्र मल्लले गाउँपालिकाको अध्यक्ष पदमा मनोनयन दर्ता गराउनुभएको हिमाली गाउँपालिकाका निर्वाचन अधिकृत शान्तिबहादुर बस्नेतले जानकारी दिनुभयो। 

बुढीनन्दा नगरपालिकामा नेपाली काँग्रेस बीपीबाट नगर प्रमुखका लागि परलाल जैशीले मनोनयन दर्ता गराउनुभएको छ। त्यसैगरी सोही नगरपालिकाको वडा नम्बर ४ को अध्यक्ष पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बुदे रोकाया, वडा नम्बर २ मा  राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नै वडा अध्यक्षमा नन्दराज रेग्मी र सोही पार्टीबाट वडा नम्बर २ को  खुला सदस्यका लागि परमबहादुर कार्कीले मनोनयन दर्ता गराउनुभएको छ। 

वडा नम्बर ६ को वडा अध्यक्षका लागि स्वतन्त्रबाट अनोज आउजीले मनोनय दर्ता गराउनुभएको छ। त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बडिमालिका नगरपालिकाको मेयर पदका लागि दल थापा र सोही नगरपालिकाको ९ का वडा अध्यक्षका लागि गगी थापाले पनि मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ।

वैशाख ३० गतेका लागि तोकिएको स्थानीय निर्वाचनका लागि वैशाख ११ र १२ गतेका लागि मनोनयन दर्ताको समय दिइएको छ।