• १८ असार २०८१, मङ्गलबार

ओखलढुङ्गामा चुनावी सुरक्षामा १२ सय सुरक्षाकर्मी

blog

फाइल तस्बिर ।

शेरबहादुर राई

ओखलढुङ्गा, वैशाख १० गते । ओखलढुङ्गामा चुनावी सुरक्षाका लागि बाह्रसय सुरक्षाकर्मी खटिने भएका छन् । जिल्लाको आठ वटै स्थानीय तहमा हुने चुनावलाई शान्तिपूर्ण र मर्यादित बनाउन १२ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएका हुन् । 

जिल्लामा चुनावी सुरक्षाका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी गरि १२ सय भन्दा बढी सुरक्षाकर्मी खटाइने निर्णय भएको जिल्ला सुरक्षा समितिका सदस्य तथा जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालले बताउनुभयो । 

जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ लगायत सुरक्षा निकायका प्रमुखहरुको टोलीले मतदान केन्द्रहरुको अनुगमन गरी संवेदनशील केन्द्रहरुको पहिचान गरेको पनि प्रहरी नायव उपरिक्षक खनालले जानकारी दिनुभयो ।

सुरक्षाकर्मी अपुग भएमा प्रदेशबाट थप सुरक्षा व्यवस्था मिलाउन पहल भईरहेको छ । स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण  र भयरहित वातावरणमा सम्पन्न गराउन विशेष सुरक्षा व्यवस्था योजना तयार पारिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।