• ६ जेठ २०८१, आइतबार

एलआरआई विजयी

blog

म्यान अफ दि म्याचको पुरस्कार लिँदै श्रीयस अवस्थी ।

काठमाडौँ, वैशाख २६ गते । एलआरआई स्कुल जयकुमार नाथ शाह स्मृति यु–१६ टी–२० अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा बुधबार बिजयी भएको छ । 

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा एलआरआईले रत्न राज्य स्कुललाई तीन विकेटले हरायो । जितका लागि ७९ रनको लक्ष्य पछ्याएको एलआरआईले १४.१ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । एलआरआईका लागि अनुप सिंहले २५ रन बनाउनुभयो ।

शुभ रेग्मीले १३ र अभि थपलियाले सात रन बनाउनुभयो । बलिङमा रत्न राज्यका आयुश क्ुमार महतोले चार तथा दिपेश थापा र भुवन खातीले एक एक विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको रत्न राज्यले १७.३ ओभरमा सवै विकेटको क्षतिमा ७८ रन बनाएको थियो ।

रत्न राज्यका लागि ध्रुबकुमार खाङ र आयुश कुमार महतोले समान १६/१६ रन बनाउनुभयो । भुवन खातीले १२ रनब नाउनुभयो । बलिङमा एलआरआईका श्रीयस अवस्थीले चार विकेट लिनुभयो । रिसभ रोकाले तीन र समृद्ध केसीले एक विकेट लिनुभयो । श्रीयस अवस्थी म्यान अफ दि म्याच हुनुभयो ।