• १२ साउन २०८१, शनिबार

गृहमन्त्रीले सम्बोधन गर्नुभएपछि प्रतिनिधि सभाको बैठक स्थगित

blog

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्बोधन गर्नुभएपछि प्रनिनिधि सभाको बैठकमा अवरोध गर्दै नेपाली काँग्रेसका सांसद । तस्बिर : संघीय संसद सचिवालय

काठमाडौँ, जेठ ६ गते । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्बोधन गर्नुभएपछि आइतबारको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । 

सभामुख देवराज घिमिरेले गृहमन्त्रीले सम्बोधन गर्नुभएपछि कार्यसूचीमा रहेका विषय सूचीबाट हटाएको सदनलाई जानकारी गराउदै बैठक स्थगित भएको घोषणा गर्नुभएको हो। 
प्रतिनिधि सभाको अर्को बैठक सोमबार बिहान  ११ बजे बस्नेछ । 

प्रतिनिधिसभोको बैठक आइतबार बिहान ११ बजे बस्नेगरी तय भएकोमा दलहरुबीच संसदीय छानबिन समितिको कार्यादेशमाथि सहमति जुट्न नसकेपछि दिउँसो २ बजेसम्मका लागि सारिएको थियो । त्यो अवधिमा पनि दलहरुबीच सहमति नजुटेपछि दोस्रोपटक सारेर साढे ४ बजेका लागि निर्धारण गरिएको थियो । बैठक सुरु भएपछि उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई सभामुख देवराज घिमिरेले बोल्न समय दिनुभएको थियो ।