• १२ साउन २०८१, शनिबार

डब्ल्यूएचओका प्रमुख टेड्रोस नेपालमा

दोस्रो कार्यकालका लागि नेपालले सहयोग गर्ने

blog

काठमाडौं, वैशाख ८ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडासँग विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस एइहानोम गेब्रेयससले भेटर्वार्ता गर्नुभएको छ ।

तीन दिने नेपाल भ्रमणको क्रममा उहाँ बिहीबार काठमाडौं आइपुग्नुभएको हो । उहाँले बिहीबार नै स्वास्थ्य मन्त्रालय पुगेर मन्त्री खतिवडासँग भेटवार्ता गर्नुभएको हो ।

भेटमा मन्त्री खतिवडाले दोस्रो कार्यकालका लागि महानिर्देशक डा. टेड्रोसलाई नेपालले समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

‘‘दोस्रो कार्यकालका लागि यहाँको मनोनयनलाई हामी समर्थन गर्दछौं र यहाँलाई शुभकामना  दिन्छौं ।’’ स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘‘आफ्नो महत्वपूर्ण जिम्मेवारीहरु निर्वाह गर्ने क्रममा यहाँलाई हामीले सक्दो समर्थन र सहयोग गर्नेछौं ।’’

उहाँले भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्रालयका पदाधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जानकारी मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तव दिनुभयो ।