• १२ साउन २०८१, शनिबार

थप नौ जनामा सङ्क्रमण पुष्टि

blog

काठमाडौं, वैशाख ७ गते । पछिल्लो २४ घण्टामा नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २५ सय २८ जनाको पीसीआर परीक्षण गर्दा नौ जनामा सङ्क्रमण देखिएको हो । त्यसैगरी, १३ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा चार जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा २५ जना सङ्क्रमणमुक्त भएका छन् भने मृत्यु शून्य छ । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३१८ छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा एक लाख ३८ हजार १८२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।