• २ वैशाख २०८३, बुधबार

वैद्यखानाले अब ‘जिएमपी’ मापदण्ड अनुसार औषधी उत्पादन गर्ने

blog

कार्यकारी निर्देशक डा.प्रदीप केसी ।

काठमाडौँ, वैशाख २ गते ।सिंहदरबार वैद्यखानाबाट उत्पादन हुने आयुर्वेदिक औषधीलाई विश्व स्वास्थ्य सङ्गठनको कुशल उत्पादन अभ्यास (जिएमपी)मापदण्डमा लैजाने तयारी गरिएको छ ।

समितिका कार्यकारी निर्देशक डा प्रदीप केसीले चाँडै  वैद्यखानाबाट उत्पादन हुने औषधि जिएमपी मापदण्डमा उत्पादन गरिने बताउनुभयो ।

उहाँका अनुसार यसै वर्ष शिलाजित, मिमियालगायत औषधिलाई जिएमपी मापदण्डअनुसार उत्पादन गरिनेछ । आगामी आर्थिक वर्षदेखि चुर्ण र ट्याब्लेटलाई जिएमपी मापदण्डमा उत्पादन गरिने उहाँको भनाइ छ ।

कार्यकारी निर्देशक केसीले आफू समितिको अध्यक्ष भएर आएदेखि औषधी उत्पादन बढेको बताउनुभयो । उहाँका अनुसार १०३ प्रकारका औषधी उत्पादन गरिरहेको बताउनुभयो ।

“हामीले लक्ष्यभन्दा बढी औषधी उत्पादन गरिरहेका छौँ । चालु आवमा ८४ औषधि उत्पादन गर्ने लक्ष्य भए पनि हामीले १०३ प्रकारका औषधी उत्पादन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “सबैको सहयोगबाट वैद्यखानामा औषधी उत्पादन बढाइएको छ ।”

आव २०८१र८२ मा ७७ औषधी उत्पादन गर्ने भने तापनि ४० प्रकारका औषधी उत्पादन गरिएको थियो । यस्तै, आव २०८०र८१ मा १४ प्रकारका, आव २०७९र२०८० र आव २०७८र२०७९  मा १५ प्रकार, आव २०७७र०७८ मा २५ प्रकारका औषधी उत्पादन भइरहेको थियो ।

कार्यकारी निर्देशक केसीले विगत पाँच वर्षदेखि घाटामा रहेको वैद्यखानालाई औषधी उत्पादन बढाएर नाफामा पुर्‍याइएको बताउनुभयो ।

वैद्यखानाले चालु आवमा वार्षिक ५५ हजार किलो बराबरको कच्चापदार्थबाट औषधी उत्पादन गर्दै आइरहेको छ । वैद्यखानाले हालसम्म १०१ खरिद आदेशमा सम्झौता भएर ८५ काम सम्पन्न गरिसकेको छ ।  रासस