• १४ पुस २०८१, आइतबार

‘आर्थिक अवस्था सङ्कटपूर्ण छैन’

blog

परिसङ्घका प्रतिनिधिसँग छलफल गर्नुहुँदे अर्थमन्त्री जनार्दन शर्मा ।

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख ७ गते ।  अर्थमन्त्री जनार्दन शर्माले श्रीलङ्कासँग नेपालको तुलना नहुने आफूले बारम्बार भन्दै आएको बताउनुभयो । “केही व्यक्तिले देशको अर्थ व्यवस्थालाई राजनीतीकरण गर्न खोजिरहेका छन् । चुनावी मुद्दा पनि बनाएका छन्,” मन्त्री शर्माले भन्नुभयो, “यथार्थमा नेपालको अर्थ व्यवस्था श्रीलङ्काको जस्तो होइन र हामी श्रीलङ्काजस्तो हुन पनि नदिनेगरी अर्थ व्यवस्था  सुधारिरहेका छौँ ।” 

नेपाल उद्योग परिसङ्घका प्रतिनिधिसँग मङ्गलबार छलफल गर्नु हुँदै अर्थमन्त्री शर्माले आगामी आव ०७९÷८० को बजेटमार्फत अर्थतन्त्रको अहिलेको समस्या सम्बोधन गरी नजिता देखिनेगरी सुधार्ने जानकारी दिनुभयो ।


यसैबीच निजी क्षेत्रले नेपालको आर्थिक अवस्था सङ्कटपूर्ण नरहेको बताएको छ । अर्थतन्त्रको वास्तविक अवस्थाभन्दा अफवाह पैmलाएर स्थितिलाई बढी संवेदनशील बनाउन प्रयास भएको भन्दै नेपाल उद्योग परिसङ्घले प्रमुख आर्थिक सूचक समस्याग्रस्त नभएको ठहर गरेको छ ।

परिसङ्घले मङ्गलबार पत्रकार सम्मेलन गरेर पछिल्लो तीन महिनाको आर्थिक सूचकको समीक्षाका आधारमा अर्थतन्त्र बिग्रन नदिन सोचनीय अवस्था रहे पनि सङ्कटमा परेको भन्न नमिल्ने जिकिर गरेको हो । पत्रकार सम्मेलनमा परिसङ्घ अध्यक्ष विष्णुकुमार अग्रवालले पछिल्लो समय तथ्याङ्कका आधारमा नभई विश्लेषण गर्ने परिपाटीले अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको सन्देश गएको भन्दै सुधारका उपायसमेत सुझाव दिनुभयो । 

उहाँले रेमिट्यान्स भिœयाउन लाग्ने शुल्क सरकारले बेहोर्नुपर्ने, विदेशीलाई अपार्टमेन्ट खरिदको अनुमति दिनुपर्ने, हाउजिङ नियमावली छिट्टै पारित गरेर विदेशी लगानी आकर्षित गर्नुपर्ने, गैरआवासीय नेपालीलाई डलर खाता खोल्ने अभियानलाई व्यापार बनाउनुपर्ने बताउनुभयो । 

परिसङ्घले नेपालको आर्थिक अवस्था श्रीलङ्कासँग तुलना गर्नेखालको नभएकोसमेत स्पष्ट पारेको छ । 

नेपाल र श्रीलङ्काको कुल गार्हस्थ उत्पादनको आकार दोब्बर अन्तर रहेको, श्रीलङ्काको कुल राष्ट्रिय ऋण जीडीपीको तुलनमा १११ प्रतिशत रहेको तर नेपालको यस्तो ऋण ४०.५ प्रतिशतमात्र रहेकाले अवस्था अत्यन्तै फरक रहेको प्रस्ट पारेको छ । परिसङ्घका अनुसार नेपालमा मुद्रा स्फीति ७ प्रतिशतमात्र छ, जब कि श्रीलङ्कामा यो २५ प्रतिशत पुगेको छ । 

परिसङ्घका उपाध्यक्ष अनुज अग्रवालका अनुसार नेपालको आर्थिक अवस्थाका पाँच मूल सूचकमा कुनै बेथिति नदेखिएको र आशावादी अवस्था देखिएको औँल्याउनुभयो ।“आम उपभोग, रोजगारी मुद्रास्फीतिजस्ता अवस्थामा समस्या आएको छैन, त्यसैले आत्तिने काम नगराँै,” उहाँले भन्नुभयो ।

अग्रवालले भारतीय मुद्रासँग नेपाली मुद्राको स्थिर विनिमय दर पनि परिवर्तन गर्नु उपयुक्त नहुने बताउनुभयो । भारतसँग ठूलो आयातको हिस्सा रहेका कारण विनिमय दर स्थिर हुँदा महँगी तीव्र हुने, विदेशी समुदायमा नेपाली मुद्राको साखमा अविश्वास बढ्न सक्ने भएकाले नेपालको स्थिर विनिमय दर नै उपयुक्त हुने बताउनुभयो ।

अध्यक्ष अग्रवालले नेपालको पर्यटन क्षेत्र तीव्र गतिमा उत्थानतर्पm लागेको, वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दो रहेको  तथा निर्यात पनि बढ्दो अवस्थामा रहेका कारण अवस्था आशावादी रहेको  आँैल्याउनुभएको छ ।