• २७ वैशाख २०८१, बिहिबार

स्थानीय पालिकामा सुविधा सम्पन्न खेल मैदान हुनुपर्छ : सभापति देउवा

blog

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

काठमाडौँ, वैशाख १५ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खेल क्षेत्रको विकासका लागि स्थानीय पालिकाहरूमा सुविधासम्पन्न खेल मैदान हुन आवश्यक रहेको बताउनुभएको छ ।

शनिबार ललितपुरको गोदावरी नगरपालिकाको ८ औँ स्थापना दिवसको अवसरमा आयोजित गोदावरी मेयर कपको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले खेल मैदानको संरक्षण गर्न आवश्यक रहेको पनि बताउनुभयो । उहाँले पालिकाहरूले खेल मैदान बनाएर खेल क्षेत्रको विकासमा लाग्नुपर्ने बताउनुभयो । उहाँले खेलको विकासका लागि प्रदेश र सङ्घ सरकारको सहयोग पनि अपरिहार्य रहेको जानकारी दिनुभयो । व्यक्तिलाई अनुशासित र स्वस्थ बनाउन खेलकुदको भूमिका महत्त्वपूर्ण हुने जिकिर उहाँले गर्नुभयो ।

‘‘खेल क्षेत्रको विकासका लागि स्थानीय पालिकाहरूमा सुविधासम्पन्न खेल मैदान हुन आवश्यक छ । गोदावरी नगरपालिकाले यसको प्रयास गरेकोमा मलाई खुसी लागेको छ । खेल मैदानको संरक्षण गर्न आवश्यक छ ।,’’ सभापति देउवाले भन्नुभयो, ‘‘पालिकाहरूले खेल मैदान बनाएर खेल क्षेत्रको विकासमा लाग्नुपर्छ । खेलको विकासका लागि प्रदेश र सङ्घ सरकारको सहयोग पनि अपरिहार्य छ । खेल मैदानलाई थप व्यवस्थित बनाउन व्यक्तिगत रूपमा पनि प्रतिबद्धता व्यक्त गर्दछु । व्यक्तिलाई अनुशासित र स्वस्थ बनाउन खेलकुदको भूमिका महत्त्वपूर्ण हुन्छ । अनुशासित र स्वस्थ समाजको लागि खेलको महत्त्वपूर्ण भूमिका हुन्छ । समुन्नत नेपाल हाम्रो सपना हो । यो सपना पूरा गराउन हामी सबै क्रियाशील हुनुपर्छ ।’’

सभापति देउवाले समुन्नत नेपाल सबैको सपना भएको र समुन्नत नेपालको सपना पूरा गर्न सबै क्रियाशील हुन जरुरी रहेको बताउनुभयो ।