• १२ साउन २०८१, शनिबार

आठौँ नेपाल फर्मा एक्स्पो वैशाख ९ गतेदेखि चितवनमा

blog

काठमाडौं, वैशाख ६ गते । आठौँ नेपाल फर्मा एक्स्पो २०२२ चितवनमा हुने भएको छ ।नेपाल औषधि उत्पादक सङ्घले चितवन एक्स्पो सेन्टर भरतपुरमा एक्स्पोको आयोजना गर्न लागेको हो । एक्स्पो वैशाख ९ गतेदेखि ११ गतेसम्म चल्ने सङ्घले जनाएको छ ।

एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ९ गते उद्घाटन गर्ने कार्यक्रम  छ ।औषधि क्षेत्रमा नयाँ प्रविधिको खोज गरिरहेका विभिन्न बहुराष्ट्रिय कम्पनी र नेपाली औषधि उद्योगहरूले एक्स्पोमा भाग लिनेछन् ।

सोही अवसर विभिन्न प्राविधिक एवं नीतिगत विषयमा छलफल तथा गोष्ठी आयोजना हुनेछन् । नेपालमा उत्पादन हुँदै आएका औषधि र औषधि उत्पादनमा प्रयोग हुने प्रविधि, ल्याब, मेसिन, कच्चापदार्थ, प्याकेजिङ मेटेरियललगायतमा पछिल्लो समयमा भएका विकासको प्रदर्शनी हुने सङ्घका मिडिया संयोजक सन्तोष बरालले   जानकारी दिनुभयो ।

नेपालमा गुणस्तरीय र आवश्यक परिमाण औषधि उत्पादन हुनसक्छ भन्ने कुरालाई जनमानसमा लैजाने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको बरालको दाबी छ ।

यसपटकको एक्स्पो नेपालमा औषधि उत्पादन क्षेत्रले अँगाल्दै आएको ज्ञान तथा प्रविधिको विस्तार गर्ने अभियानमा केन्द्रित हुने बरालले जानकारी दिनुभयो ।

सङ्घका अनुसार एक्स्पोमा स्वदेशी र विदेशी गरी १५० स्टल रहनेछन् । नेपाल, भारत र बङ्गलादेशको एउटा स्टल रहने उनले सङ्घले जनाएकोे छ ।

विगत २० वर्षदेखि हरेक दुई–दुई वर्षमा नेपाल फर्मा एक्स्पो हुँदै आएको भए पनि कोभिडका कारण रोकिएको थियो । यसपटक आठौँ एक्स्पो हुन लागेको हो । एक्स्पो १५ हजार बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । यसअघिको सातौँ एक्सपो पनि चितवनमा नै भएको थियो ।