• १२ साउन २०८१, शनिबार

महिला गोल्डकप : सावित्राको ह्याट्रिक प्रेरित एपिएफ सेमिफाइनलमा

blog

धनगढी, वैशाख ६ गते । सावित्रा भण्डारीको ह्याट्रिक प्रेरित विभागीय टोली नेपाल एपिएफ क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा  प्रवेश गरेको छ । धनगढी रंगशालामा सोमबार राति भएको खेलमा एपिएफले विराटनगर महानगरपालिकालाई ८–० गोलले हरायो । 

एपिएफको सानदार जितमा सावित्रा भण्डारीले ह्याट्रिक सहित पाँच गोल गर्नुभयो । अनिता बस्नेत, सविता रानामगर र सरु लिम्बुले एक एक गोल थप्नुभएको थियो । एपिएफसामु निरिह बनेको विराटनगरले गोलगर्न लायक अवसर बनाउन सकेन । सावित्रा वमन अफ दिन म्याच हुनुभयो । सेमिफाइनलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

धनगढीमा पहिलो पटक फर्डलाइड सहित रातिमा आयोजित प्रतियोगितामा तीन विभागीय सहित आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीलाई पाँच लाख र उपविजेतालाई दुई लाख ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले नाएको छ । यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार र उत्कृष्ट विधाका खेलाडीलाई जनही १० हजार रुपियाँ प्रदान गरिने बताईएको छ । फाइनल खेल वैशाख १० गते हुनेछ ।