• १२ साउन २०८१, शनिबार

विश्व तेक्वान्दो च्याम्पियनसिपमा नोर्बु निर्णायक

blog

काठमाडौं, बैशाख ५ गते । नेपालका निर्णाक नोर्बु लामाले सोमबारदेखि दक्षिण कोरियामा सुरु भएको विश्व तेक्वान्दो च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्दै हुनुहुन्छ ।नेपालका तेक्वान्दो सहायक प्रशिक्षक नोर्बुले पुम्से विधामा निर्णायकको भूमिका निर्वाह गर्न लागेका हुन् । उक्त प्रतियोगिता पुम्सेकै विश्व च्याम्पियनसिप भएको बताइएको छ ।

नोर्बुले सन् २०२०, २०२१ र २०२२ मा एसियाली खुला, २०२२ मा विश्व तेक्वान्दो मुजु प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसक्नुभएको छ । उहाँले अनलाइन अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि निर्णायकको जिम्मेवारी सम्हाल्नु भएको छ ।