• १२ साउन २०८१, शनिबार

सूर्य गल्फमा अनुभव साट्दै बेलायती गल्फर

blog

गल्फ प्रतियोगिताबारे जानकारी दिँदै आयोजक । तस्बिर : गोरखापत्र

काठमाडौँ, वैशाख ५ गते । सूर्य नेपाल गल्फ टुर अन्तर्गत बर्षको छैटौँ स्पर्धा ‘सूर्य नेपाल च्यालेन्ज’ मंगलबार देखि पार ६८ को रोयल नेपाल गल्फ क्लबमा सुरु हुँदैछ । नेपालकै पूरानो गल्फ कोर्समा सञ्चालन हुने चार दिने प्रतियोगितामा सात जना नेपाली मूलका बेलायती गल्फरको समेत सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका महासचिव दीपक आचार्यले जानकारी दिनुभयो । 

‘घरेलु गल्फ टुरका कारण पछिल्लो समय नेपाली गल्फरको स्तर बढेको छ । अधिकांश खेलाडीले अन्डर पार स्कोर खेल्न थालेका छन् । यही मेसोमा वेलायतमा रहेका राम्रा एमेच्योर खेलाडीलाई प्रतियोगिातमा सहभागिताको मौका दिईएको हो,’ आचार्यले भन्नुभयो । उहाँका अनुसार पाँच ह्यान्डीक्याप मुनिका सात जना बेलायती गल्फरले नेपाली गल्फरसँग प्रतिस्पर्धा गर्नेछन् । 

बेलायतका खेलाडीहरुमा महेन्द्र फगामी, विष्णु थापा, राजु तामाङ, समक लिम्बु, गजेन्द्र गुरुङ, भक्त शेरचन र देव राना हुनुहुन्छ । यी मध्ये गजेन्द्र शुन्य ह्यान्डीक्याप खेलाडी हुनुहुन्छ । चारदिने प्रतियोगितामा ३६ प्रो र २० एमेच्योर गरी ५६ खेलाडीको सहभागिता रहनेछ । कूल पाँच लाख ४५ हजार पुरस्कार राशी रहेको प्रतियोगितामा प्रोतर्फको विजेताले एक लाख, उपविजेताले ६५ हजार र तेस्रो हुनेले ४६ हजार रुपियाँ पुरस्कार पाउनेछन्  । 

कूल ७२ होलको स्पर्धामा ३६ होलको समाप्तिसँगै २१ जना शीर्ष खेलाडी थप ३६ होलको फाइनलका लागि छनोट हुनेछन् । प्रोतर्फ फाइनलमा पुग्ने शीर्ष २१ खेलाडीलाई समेत आकर्षक नगद पुरस्कार प्रदान गरिने बताईएको छ । एमेच्योर तर्फको विजेताले कर्षक ट्रफी हात पार्नेछन् । 

प्रोतर्फ भुवन नगरकोटी, घरेलु प्रो जयराम श्रेष्ठ, सन्जय लामा, रवि खड्का र राम थापामगरलाई उपाधि दावेदार मानिएको छ । एमेच्योरतर्फ १३औँ दक्षिण एसियाली खेलकुद (साग) का  दोहोरो स्वर्ण विजेता सुवास तामाङ मुख्य दावेदार भएको एसोसिएसनले जनाएको छ ।