• १८ वैशाख २०८१, मङ्गलबार

दाङबाट रुकुम जाँदै गरेको बस सल्यानमा दुर्घटना

blog

सल्यानमा दुर्घटना भएको यात्रुवहाक बस । तस्बिर : प्रतिक भट्टराई

प्रतीक इच्छुक शर्मा
सल्यान, वैशाख ५ गते । 
दाङ घोराहीबाट रुकुमकोट जाँदै गरेको रा १ ख २०८५ नम्बरको यात्रुवाहक बस सल्यान बागचौर नगरपालिका वडा नं.२ थारमारे ठिनवाङ खोला पुल नजिकै दुर्घटना भएको छ ।

दुर्घटनामा परि केही यात्रु घाइते भएका छन् । घाइते सबैको जनप्रिय पोलिक्लिनिक र सहज पोलिक्लिनिक बागचौरमा लगिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।