• २ असार २०८१, आइतबार

बिमा पहुँच २९ प्रतिशत

blog

सुर्खेत समाचारदाता

सुर्खेत, चैत २६ गते । कर्णाली प्रदेशमा स्वास्थ्य बिमा कार्यक्रम लागु भएको आठ वर्षको अवधिमा २९.२६ प्रतिशत जनसङ्ख्या मात्रै बिमामा आबद्ध भएका छन् । कर्णालीमा ७१ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बिमाको पहुँचबाहिर रहेका छन् । 

आठौँ स्वास्थ्य बिमा वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बिमा बोर्डका कर्णाली प्रदेश संयोजक सिर्जना पौडेलले आशा गरेजति जनसङ्ख्या स्वास्थ्य बिमाको पहुँचमा आउन नसकेको स्वीकार गर्नुभयो । 

बोर्डका अनुसार कर्णालीको जनसङ्ख्या १५ लाख ६७ हजार ६६४ रहेकोमा २९.२६ अर्थात् चार लाख ५८ हजार ८२१ जना मात्रै बिमामा आबद्ध भएका छन् । आठ वर्षको अवधिमा २९ प्रतिशत मात्रै बिमामा आबद्ध भएको र ७१ प्रतिशतलाई बिमामा आबद्ध गराउनुपर्ने चुनौती रहेको छ ।

कर्णाली प्रदेशमा सबैभन्दा बढी जुम्लामा ८३ प्रतिशत बिमामा आबद्ध छन् । एक लाख आठ हजार ९२१ जनसङ्ख्यामा ९० हजार ४११ जना बिमामा आबद्ध छन् । सबैभन्दा कम सल्यानका नागरिक बिमा कार्यक्रममा आबद्ध छन् । दुई लाख ४१ हजार ७१६ जनसङ्ख्यामा ६ प्रतिशत अर्थात् १४ हजार ६५० जना सल्यानवासीले मात्रै बिमा गरेका छन् । प्रदेश राजधानीसमेत रहेको सुर्खेतमा २५.७८ प्रतिशतले बिमा गरेका छन् । बिमा बोर्डका प्रदेश संयोजक सिर्जना पौडेलले चार लाख १७ हजार ७७६ जनसङ्ख्या रहेको सुर्खेतमा एक लाख सात हजार ७०६ जनाले मात्र बिमा गरेको जानकारी दिनुभयो । 

रुकुमपश्चिममा एक लाख ५४ हजार २७२ जनसङ्ख्यामा ८० हजार ५२७ अर्थात् ५२.१९ प्रतिशतले बिमा गरेका छन् । जाजरकोटको एक लाख ७१ हजार ३०४ जनसङ्ख्यामा ४९ हजार ९४२ अर्थात् २९.१५ प्रतिशत, कालीकोटको एक लाख ३६ हजार ९४८ जनसङ्ख्यामा ५३ हजार ८१९ अर्थात् ३९.२९ प्रतिशत स्वास्थ्य बिमामा आबद्ध भएका छन् ।

दैलेखको दुई लाख ६० हजार ८५५ जनसङ्ख्यामा ३३ हजार २३६ अर्थात् १२.७४ प्रतिशत, मुगुको ५५ हजार २८६ जनसङ्ख्यामा सात हजार ८१५ अर्थात् १४.१३ प्रतिशत, डोल्पाको ३६ हजार सात सय जनसङ्ख्यामा चार हजार ८५४ अर्थात् १३.२२ प्रतिशत र हुम्लाको ५० हजार ८५८ जनसङ्ख्यामा १५ हजार ८६१ अर्थात् ३१.१८ प्रतिशतले मात्र स्वास्थ्य बिमा गराएको बिमा बोर्डको कर्णाली प्रदेश कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 

बोर्डका प्रदेश संयोजक सिर्जना पौडेलले अब सरकारले कर्मचारीलाई पनि बिमामा आबद्ध गर्ने योजना गराएको, पहिले सेवा पाउन तीन महिना लाग्ने गरेकोमा अबदेखि दुई महिनामा झारेको हुँदा पहुँचको अवस्था बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश स्वास्थ्य बिमा समितिका संयोजक एवं सामाजिक विकास मन्त्रालयका सचिव दीर्घबहादुर पोख्रेलले बिमामा रहेको झन्झटिलो प्रक्रियालाई सहज बनाउन सके बिमामा आबद्ध हुनेको सङ्ख्या अझ वृद्धि हुने बताउनुभयो । उहाँले बिमा साक्षरता कार्यक्रम आवश्यक रहेको हुँदा आगामी दिनमा प्रदेश सरकारले सबैलाई पहुँच बढाउन बिमा साक्षरता कार्यक्रम सञ्चालने गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रदेश स्वास्थ्य निर्देशक डा. रविन खड्काले सीमित स्रोत र साधनबाट धेरैलाई सेवा दिनुपर्ने हुँदा बिमा कार्यक्रमलाई सफल बनाउन दर्ता सहयोगीको महìवपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले बिमालाई नयाँ ढङ्गबाट सञ्चालन गरी सबै जनताको पहुँचमा पु¥याउनुपर्ने बताउनुभयो । प्रदेश अस्पतालका निर्देशक डा. डम्मर खड्काले बिमामा अझै पनि प्रचार नपुगेको हुँदा यसको व्यापक प्रचार गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले अब स्थानीय तहमा पनि यसको सेवा विस्तारको आवश्यकता रहेको बताउनुभयो ।