• २३ असार २०८१, आइतबार

बस र ट्याम्पो ठोक्किदा ट्याम्पो चालकको मृत्यु

blog

निशा राई

धरान, बैशाख २ गते । भेडेटार–धरान सडक खण्डमा यात्रुबाहक बस र ट्याम्पो एकापसमा ठोक्किँदा  ट्याम्पो चालकको मृत्यु भएको छ । धरानबाट भेडेटारतिर जाँदैगरेको १ ख ४४८० नम्बरको बस र भेडेटारबाट धरान तर्फ आउँदै गरेको २ ह ७०४१ नम्बरको ट्याम्पो धरान ४ स्थित देविथानमा एकापसमा ठोक्किँदा ट्याम्पो चालकको मृत्यु भएको हो । 

ट्याम्पोमा सवार एक जना किशोरी घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय सुनसरीले जानकारी दिएको छ । मृत्यु हुने ट्याम्पोचालक भरौल –५ सुनसरीका ४० वर्षीय खड्गबहादुर विक रहेका छन् । उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

ट्याम्पोमा सवार ताप्लेजुङ लिखुम –२ बस्ने १५ बर्षीय उषा लिम्बुको धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । बस चालक धरान–१७ का ४५ वर्षीय गोविन्दबहादुर कटुवाल हुनुहुन्छ । इलाका प्रहरी कार्यालय धरानले बस नियन्त्रणमा लिएको जनाएको छ ।