• १९ असार २०८१, बुधबार

चीनबाट तातोपानी नाकामा भित्रिन थाले साझाका बस

blog

चित्र मिजार

सिन्धुपाल्चोक, बैशाख २ गते । चीनबाट तातोपानी नाका हुँदैं बिद्युतीय साझा बस भित्रन थालेका छन् । साझा यातयातले परीक्षणको रुपमा ल्याएको तीनवटा बिद्युतीय साझा बस तातोपानी भन्सार कार्यालयमा चेकजाँच गर्न थालिएको छ ।

सो साझा बस परीक्षण सफल हुनासाथ बाँकी ३७ वटा साझा बस सोही नाकाबाट ल्याउने तयारी रहेको बताइएको छ । चीनको उकालो सडकमा बिजुली बसको ‘गे्रडबिलिटि टेष्ट’ (उकालो तान्ने क्षमता) परीक्षण गरेपछि नेपाल ल्याइएको आयात गर्ने ‘दी गो’ कम्पनीले जनाएको छ । सीएटचीसीएचओका बस नेपाल ‘दी गो’ ले आयात गरी बिक्री गर्न लागेको हो ।

 सो कम्पनीले प्रतिबस ढेड करोड रुपियाँमा खरिद गरी ल्याएको हो । पहिलो चरणमा ९ मिटर लामो बस किन्ने र त्यसपछि १२ मिटर लामा र अन्तरप्रदेश चल्ने बिद्युतीय बसहरु पनि नेपाल भित्र्याउने कम्पनीले जनाएको छ । २५ सिटभन्दा बढी क्षमताका बसहरु ल्याइने भएका छन् । 

सो बसहरुमा वाइफाई, टिभी डिस्प्ले, सिसी क्यामेरा जडित छन् । अन्य सेवाहरु क्रमैसँग थप्दै जाने जनाइएको छ । सरकारले ९ पुस २०७५ मा तीनसय बिजुली बस सरकारी लागतमा खरिद गर्ने निर्णय गरेको थियो ।