युवा उद्यमीका कथा : जो अमेजनमा नेपाली चिया बेचिरहेछन्

ठमेलको सातघुम्तीबाट देबे्र लागेर दोस्रो मोडमा पुगेपछि चर्चित काठमाडौँ गेस्ट हाउसको उत्तरतर्फको प्रवेशद्वारमा पुगिन्छ । त्यहीँ द्वारबाट भित्र पसेपछि देखिन्छ, होटलको फराकिलो बगैँचा । साँघुरो र भिडभाडयुक्त ठमेलमा त्यति फराकिलो बगैँचाले खुलापनको महसुस गराउँछ । बगैँचा छेउ हुँदै होटलको मुख्य भवन प्रवेश गर्नुअघि लबिको देब्रेपट्टि एउटा चिया पसल देखिन्छ ।