जीवनशैली र स्नायु रोग
विज्ञान/प्रविधिको यस समयमा समाजमा तीव्र प्रतिस्पर्धा छ । साथै अहिलेको विश्व युवाको संसार हो । आधुनिकतामा रमाउने तथा प्रविधिको अधिकतम ज्ञान राखी त्यसको प्रयोग गर्ने र प्रतिस्पर्धामा अगाडि बढ्दै जाने युवा नै हुन् । युवावर्ग कुनै कारणले थला परे भने सिङ्गो समाज नै थला पर्दछ । तसर्थ स्वस्थ र सुरक्षित हुनु आजको आवश्यकता मात्रै होइन एक चुनौती पनि भएको छ ।