बहुउपयोगी निम

मध्यपहाड र तराईका विभिन्न जिल्लामा बहुउपयोगी जडीबुटी तथा गैरकाष्ठ वन पैदावार निम पाइने गर्छ। निमलाई अङ्ग्रेजीमा मारगोसा ट्रि भनिन्छ र यसको वैज्ञानिक नाम अजाडिरक्टा इन्डिका हो। मेलिएसी वानस्पतिक परिवारमा पर्ने यो वनस्पति १५ देखि २० मिटरसम्म उचाइ हुने सदावहार रुख वर्गमा पर्दछ। बहुउद्देशीय बिरुवा निम धेरै पहिलेदेखि पहिचान भएको र समाजमा विभिन्न रोगको उपचारका लागि प्रयोग हुने गरेको छ।