लोकसेवा सम्बन्धी विषयगत प्रश्नोत्तर

अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ मा योग दिवस मनाउने गरिएको छ। सन् २०२२ को योग दिवसको नारा : मानवताका लागि योग। संयुक्त राष्ट्रसङ्घले सन् २०१४ मा यस दिनलाई योग दिवसका रूपमा मान्यता प्रदान गरेको हो। सन् २०१५ जुन २१ मा भारतमा एकै ठाउँमा ३६ हजार व्यक्तिलाई योग गराएर गिनिज बुकमा रेकर्ड बनाइएको थियो।