विश्वकप २०२२ समूह विश्लेषण

कतारमा आयोजक र इक्वेडरबीचको खेलसँगै विश्वकप सुरु हुनुपहिले नै यसपालिको विजेताको अड्कल गर्न सुरु भइसकेको छ। टिमहरूको समूह विभाजन, विगतका विजेता, हालैका प्रदर्शन तथा समर्थनका दृष्टिबाट सम्भावित विजेताको सूचीमा पुरानै अनुहारको बाहुल्यता देखिन्छ। कतारमा नितान्त नौलो परिस्थिति, फरक मौसम र स्थानले टिमहरूको प्रदर्शनमा कत्तिको फरक पार्ने हो त्यो हेर्न बाँकी छ तर समूह विभाजन र हालसालैका प्रदर्शनका आधारमा केही टिमलाई सम्भावित विजेताका रूपमा विश्लेषण गर्न सकिन्छ। टिमहरूको समूह विभाजन भइसकेको छ र खेल तालिका समेत सार्वजनिक भएको छ। गत अप्रिलमा प्रतियोगिताको ‘ड्र’ निकालिएपछि ब्राजिललाई मुख्य दाबेदार मानेर हेरियो। अर्जेन्टिना लगातार ३५ खेलमा अपराजित रहेपछि उसलाई पनि कमजोर मानिएको छैन। फ्रान्स, इङ्ग्ल्यान्डमाथि दाउ लगाउनेको पनि कमी छैन।