मौलिक सम्पदा फेरी प्रथा

विशेष गरेर कात्तिक र चैत महिनामा राति कनफट्टा अर्थात् कान चिरेका जोगीहरू घर घरमा गएर बराँठको सिङ वा शङ्ख बजाउँदै गीतिशैलीमा भट्याउँदै भोलिपल्ट बिहान भिक्षाटन गर्ने हाम्रो पुरानो परम्परा रहेको छ । विभिन्न शैलीमा मन्त्रोच्चारण गर्दै नाद गरी तीन पटक फुकेर आफ्ना गुरु गोरखनाथको स्मरण गर्दै फेरी लगाउने गरिन्छ ।