हिमाल जस्तै हँसिला शेर्पा
हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा गम्केर बज खैँजडी झम्केर नाच मजुरा... जनकविकेशरी धर्मराज थापाका शब्द, लय र स्वरमा रेडियो नेपालबाट यिनै गीत गुञ्जन थालेपछि हिमाल र तेन्जिङबारे सारा नेपालीले थाहा पाए । त्यसपछिका दिनमा हिमाल आरोहण र शेर्पा जाति पर्याय जस्तै बन्न पुगेका छन् । उनीहरू कुशल पर्वतारोही हुन् ।