मि. लक्की सेलाक

फ्रानो सेलाक सम्भवतः अहिलेसम्मका सबैभन्दा भाग्यमानी व्यक्ति हुन् । यसैले सेलाकका साथीले उनलाई ‘मि. लक्की’ भन्ने गर्छन् । जीवनका विभिन्न समयमा सेलाकको सात पटक कालसँग जम्काभेट भयो तर हरेक पटक उनी सकुशल उम्किए । त्यसपछि आफू वास्तवमै असाधारण भाग्यमानी भएको सिद्ध गर्न सेलाकले सन् २००३ मा चिट्ठा नै जिते । सेलाकको जीवन दुर्भाग्यका कैयौँ घटनाले भरिपूर्ण छ ।