गाह्रो छ राष्ट्र जन्माउन
हालै बेलायत, अस्ट्रेलिया, क्यानडा र पोर्चुगलले प्यालेस्टाइनलाई छुट्टै राष्ट्रको मान्यता दिएका छन् । यो कदमले विश्वमै नयाँ हलचल ल्याएको छ । इजरायल र अमेरिकाको यसमा कडा आपत्ति रह्यो । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले यसलाई सरकारको नीतिमा आएको महत्वपूर्ण परिवर्तन भनेका छन् । इजरायल सरकार, गाजामा बन्धक बनाइएका मानिसका परिवार र रूढीवादीहरू भने यस कदमको विपक्षमा उभिएका छन् । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको दाबी छ– प्यालेस्टिनी राज्य बन्दैन ।