• १ असार २०८१, शनिबार

मृत्यु सञ्चार

blog

सबैलाई थाहा छ नै छ, ‘मृत्यु’ सर्वाधिक अप्रिय र भयकारी शब्द हो। तैपनि यस अप्रिय शब्दसँग सम्पूर्ण चराचर जगत्को अप्रिय साइनो गाँसिएको छ। एक दिन सबैले मृत्युको सामना गर्नैपर्छ। कोही पनि मृत्युबाट पर भाग्न सक्दैन। बरु नचाहँदा नचाहँदै पनि हरेक व्यक्ति प्रतिपल मृत्युको नजिक पुगिरहेकै हुन्छ। मृत्युलाई छल्न सक्ने कुनै उपाय छैन। मृत्यु तमाम प्राणीका लागि शाश्वत र अपरिहार्य पक्ष हो। भौतिक तथा आध्यात्मिक जगत् दुवैले यसलाई जीवनको अन्तिम सत्य मानेका छन्। 

मृत्युको कुरा गर्दा सञ्चार पनि सँगै आउँछ। जीवनको हरेक आयाममा सञ्चारको नाता रहन्छ। प्राणान्त जस्तो शाश्वत पक्षसँग सञ्चार नजोडिने कुरै भएन। यससँग जोडिने सञ्चार, प्रकट ९यखभचत० वा अप्रकट ९अयखभचत० दुवै हुन सक्छन्। मानिसको जीवनलीलालाई व्यावहारिक तथा आध्यात्मिक पक्षलाई नियाल्दा मृत्युसम्बन्धी सञ्चारलाई सामान्यतया तीनवटा मूलभूत खण्डमा विभाजन गर्न सकिन्छ। ती हुन्, मृत्युपूर्वको सञ्चार, मृत्युशय्यामा हुने सञ्चार र मृत्युपछिको सञ्चार।

मृत्युपूर्वको सञ्चार

मृत्युजस्तो शाश्वत र सर्वव्यापक विषयमा विश्वको सबै धर्म र सम्प्रदायमा चर्चा हुँदै आएको छ। वैद्यनाथ सरस्वती र रामलखन मौर्यद्वारा सम्पादित पुस्तक ‘मृत्यु की दस्तक ः प्राचीन एवं आधुनिक ज्ञान’ मा हिन्दु, बौद्ध, जैन, सिख, मुस्लिम तथा युनानी दर्शनले मृत्युलाई कसरी चित्रण गर्छन् भन्नेबारे विशद् चर्चा गरिएको छ।

  

हाम्रो लोकजीवनले पनि मृत्युजस्तो अत्याज्य विषयलाई अनेकन कोणबाट अभिव्यक्त गरेको पाइन्छ। ज्योतिषशास्त्र, लोक अभिव्यक्ति (लोकसाहित्य), सपना, घरपालुवा पशु–पन्छी तथा वन्यजन्तुले प्रदर्शन गर्ने व्यवहार, बिरामीको अवस्थाबारे चिकित्साशास्त्रीय विश्लेषण आदिबाट मानिसको नश्वर चोलाको अन्तिम गन्तव्यबारे अनेकन अभिव्यक्ति पाइन्छन्।


ज्योतिषीले विभिन्न ग्रह–नक्षत्रको विश्लेषण गरेर कसैको घर–परिवारमा पर्न सक्ने मृत्युको योगबारे प्रत्यक्ष वा परोक्ष रूपमा सूचित गर्ने गरेकोे पाइन्छ, जुन युगौँ पुरानो परम्परा हो। पूर्व उल्लिखित पुस्तक ‘मृत्यु की दस्तक ः प्राचीन एवं आधुनिक ज्ञान’ को पृष्ठ १००–१०९ मा ज्योतिषशास्त्रीय कोणमा मृत्युको विभिन्न योगलाई जोडेर व्याख्या गरिएको छ। यद्यपि यो निर्विवाद विषय भने होइन। मृत्युसम्बन्धी ज्योतिषशास्त्रीय भविष्यवाणीको वैज्ञानिक धरातलबारे पर्याप्त वाद–प्रतिवाद हुँदै आएको छ। 

लोक अभिव्यक्तिमा पनि मृत्युचेत प्रकट हुँदै आएको छ। वृद्धजनलाई ‘डाँडामाथिको घाम’ भनी पुकारिन्छ भने असाध्य रोगबाट ग्रसित भई मृत्युको नजिक पुगेको व्यक्तिलाई ‘दुई दिनको पाहुना’ भन्ने चलन छ। लोकगीतमा पनि मृत्युचेतसँग जोडिएका मार्मिक अभिव्यक्ति भेटिन्छन्। ‘अहिले साल मरिन्छ क्यारे, राम्दीमा ओइलायो पीपलु’, ‘किरिमिरे लाँकुरी छायाँ, यो जिन्दगी दुई दिनको रामछायाँ’ जस्ता लोकगीतले लोकजीवनमा विद्यमान मृत्युचेतलाई छरपस्ट किसिमले उजागर गर्छन्। 

सपनामा देखिने कथित अपशकुनसूचक दृश्य वा घटनालाई पनि मृत्युको पूर्वसङ्केतका रूपमा लिने गरिन्छ। सपनामा देखिने अनिष्टसूचक दृश्यले पनि घरपरिवार वा गाउँछिमेकमा कसैको मृत्यु हुनेबारे पूर्वसङ्केत गर्छ भन्ने लोकविश्वास छ, जुन युगौँदेखि चलेको परम्परा हो। यद्यपि मृत्युसूचक सपनाको विश्लेषण तथा अर्थापन चाहिँ समाज र संस्कृतिअनुसार फरक फरक पाइन्छन्, यसमा एक रूपता हुँदैन। 

सपनामा कुनै पनि वाद्यसामग्री बजाएको देख्नुलाई पनि कसैको मृत्युको सूचक मानिन्छ। कोही व्यक्ति सेतो घोडा चढेको सपना देखेमा उसको मृत्यु हुन्छ भन्ने विश्वास गरिन्छ। सपना कतै हवाईजहाज बसेको देखेमा वा हवाईजहाजमा चढेको देखेमा टोल–छिमेक वा परिवारमा कसैको देहान्त हुन्छ भन्ने मान्यता छ। यस्ता सपनालाई अशुभ सपना भनिन्छ तर यस्ता सपनाजन्य घटना लोकविश्वास मात्र हुन्। यिनीहरूलाई पुष्टि गर्ने कुनै वैज्ञानिक आधार भने भेटिँदैन। 


पशुपन्छीले देखाउने व्यवहारले कसैको मृत्युबारे सङ्केत भन्ने लोकविश्वास रहिआएको छ। घरमा पालिएका कुकुर अकारण रातबिरात रोएमा परिवारमा कसैको मृत्यु हुन सक्छ भन्ने मान्यता छ। घरपालुवा जनावरले निरन्तर मुन्टो नचाएमा परिवारजनको मृत्यु हुने वा यस्तै अभाग लाग्ने विश्वास छ। त्यस्तो जनावरलाई जतिसक्दो छिटो बेच्ने वा अरूलाई दिने चलन पनि छ। 

रातमा हुँचिल कराएमा गाउँमा कसैको मृत्यु हुन्छ भन्ने विश्वास गरिन्छ। कागको कुरा त झनै बेजोड छ। कागलाई मृत्युका देवता यमराजको दूतका रूपमा लिने गरिन्छ। घरआँगनमा आएर काग कराएमा कसैको मृत्युलगायतका अप्रिय खबरको पूर्वसङ्केतको रूपमा लिइन्छ। यस्तो अप्रिय खबर सुन्न नपरोस् भनेर काग कराएको बेला ‘सुबोल–सुबोल’ (शुभ बोल) भन्ने चलन आजपर्यन्त छ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित काव्यधारा ‘मुनामदन’मा घरमा एकाबिहानै काग कराएको प्रसङ्ग आउँछ। ‘मुनामदन’ले मुना मदनबीचको वियोगान्त प्रणयगाथा पस्कन्छ। काग कराएको प्रसङ्गलाई वियोगान्त घटना क्रमको सूचकका रूपमा दर्शाइएको त्यस काव्यधाराले पाठकको परेली निथु्रक्कै भिजाउँछ, जुन तथ्य नेपाली साहित्य जगत्मा सर्वाधिक रूचाइएको कृति हो।

कतिपय समुदायमा कोही बिरामी हुँदा देवी–देउतालाई भाकल गरिन्छ। बिरामी छिटो सञ्चो होस् भनी स्थानीय देवी–देउतालाई बोका तथा कुखुराको भोग दिइन्छ। त्यसरी भोग दिइएका प्राणीको कलेजो हेरेर बिरामीको भविष्य जाँचिन्छ। कलेजो छिया–छिया अवस्थामा भेटियो भने बिरामी बाँच्दैन भन्ने मान्यता छ। यद्यपि आधुनिक समाजले यस्तो चलनलाई विज्ञानसम्मत नमान्ने तथ्य स्पष्ट नै छ।

लोकसाहित्यका अध्येयता हंसपुरे सुवेदीले २०५५ सालमा प्रकाशित आफ्ना कृति ‘नेपाली लोकजीवन ः लोकविश्वास’ मा नेपाली समाजमा प्रचलित मृत्युलगायत अपशकुन सूचक घटनाको लामो बेलिबिस्तार लगाएका छन् तर आधुनिक युगमा यस्ता लोकविश्वासको वैज्ञानिक आधार भने प्रश्नै प्रश्नले घेरिन थालेको छ। 

चिकित्साशास्त्रले खास प्रकृतिका रोगबाट ग्रसित बिरामीको मृत्युबारे भविष्यवाणी (मृत्यु सञ्चार) गर्न थालेको धेरै भइसक्यो। क्यान्सरलगायतका असाध्य रोग लागेका बिरामीको रोग आक्रामकता, रोग पैmलावटको गति आदिका आधारमा सम्बन्धित बिरामी कति समयसम्म यस धर्तीमा पाहुना बनेर रहन्छन् भन्नेबारे भविष्यवाणी हुन थालिसकेको छ। केही अपवादबाहेक यस्ता बिरामीको चिकित्सकले तोकेको समयसीमाको वरिपरि नै निधन हुँदै आएको देखिन्छ।

मृत्यपछिको सञ्चार

हामीलाई लाग्न सक्छ– मृत्युपछि सञ्चारको कुनै आवश्यकता रहँदैन तर हाम्रो धार्मिक तथा आध्यात्मिक रीतिरिवाजअनुसार मानिस परलोक भएपछि पनि उसको आत्मासँग सञ्चार गरिन्छ। भौतिक दुनियाँबाट अभौतिक दुनियाँमा पुगेका मृत व्यक्तिको आत्मासँग गरिने सञ्चार मूलतः आध्यात्मिक प्रकृतिको हुन्छ। यसको आफ्नै खालको विधिविधान र कर्मकाण्ड हुन्छ।

बौद्ध परम्पराअनुसार मृत व्यक्तिको आत्मालाई सद्गति प्रदान गर्न एउटा अन्तिम धार्मिक तथा आध्यात्मिक कर्मकाण्ड गरिन्छ, जसलाई अर्घौं गर्ने भनिन्छ। यस अवसरमा लामा पुरोहितहरूद्वारा आध्यात्मिक विधिविधानमार्पmत मृत व्यक्तिको आत्मालाई परलोकबाट मत्र्यलोकमा बोलाइन्छ। यस प्रक्रियालाई ‘सातो बोलाउने’ भनिन्छ। यस क्रममा मृत व्यक्तिको आत्मा परलोकमा कुन अवस्थामा छ भन्ने विवरण लिइन्छ।

नेपालका दुरा, गुरुङलगायतका समुदायमा मृत व्यक्तिको सम्झनामा वैशाख पूर्णिमाका दिन ‘वायुपूजा’ गर्ने चलन छ। ‘वायुपूजा’ सकिएपछि साँझपख आफ्नो खलकको सिपालु झाँक्रीलाई कुनै एउटा घरमा देउता बस्न लगाइन्छ। 

त्यतिबेला उसको आङमा मृत व्यक्तिको आत्मा चढ्छ। त्यस झाँक्रीको आङमा चढेको मृत व्यक्तिले आफ्नो देहावसान भएपछि आफूले परलोकमा भोग्नुपरेको सुखदुःखबारे बताउने गर्छ। लोकमान्यतामा आधारित यस प्रचलनको वैज्ञानिक आधार भने किटान गर्न सकिने अवस्था भने छैन।

साहित्यकार कुमारबहादुर जोशीले २०४१ सालमा अनौठो कृति जनसमक्ष ल्याए। उनको कृतिको नाम हो, ‘कुराकानी मृतात्मासितको र अरूसितको पनि’ । यस कृतिमा उनले मृत्युवरण गरेका व्यक्तिको आत्मासँग एक जना मित्रको सहयोगमा कुराकानी गरिएको रोचक प्रसङ्ग अघि सारेका छन्। 

जोशीले आफ्ना पिता प्रेमबहादुर जोशी, महाकवि लक्ष्मीप्रसाद देवकोटा र व्यङ्ग्यकार भैरव अर्यालको आत्मासँग गरिएको कुराकानीको मात्र चर्चा गरेका छैनन्, उनीहरूसँग गरिएको कुराकानीको संवाद नै पेस गरेका छन्। यस प्रकारको कुराकानीको वैज्ञानिकता पुष्टि गर्ने आधारचहिँ प्रश्नविहीन छैन। 

हाम्रो संस्कृतिमा मृत व्यक्तिको नाममा गरिने श्राद्ध, तर्पण, पिण्डदान, वेदपाठलगायत थुप्रै कर्मकाण्ड छन्, जसको नाता मृत्युपछि गरिने सञ्चारसँग सम्बन्धित छ। बेलुका सुत्नुभन्दा अघि भन्सानेर मूल ठाउँ (सिकुवा)मा पितृका नाममा एक अम्खोरा पानी राख्ने, मृत व्यक्तिलाई सपनामा देखेमा उसको नाम बिहानै दुवै अञ्जुली प्रयोग गरेर पानी चढाउनेजस्ता आध्यात्मिक क्रियाकलापलाई मृत व्यक्तिसँग गरिने अप्रत्यक्ष सञ्चारका रूपमा लिन सकिन्छ। 

ब्राह्मण समुदायको परिवारको कुनै सदस्य परलोक भएपछि ‘गरुड पुराण’ श्रवण गर्ने प्रचलन छ। मूलतः हिन्दु धर्मको वैष्णवपन्थ समुदाय यस्तो प्रचलन देखिन्छ। व्यासद्वारा रचित अठार पुराणमध्ये एक मानिने ‘गरुड पुराण’ मा सदाचार, निष्काम गर्न, वैराग्य आदितर्पm प्रवृत्त हुँदा वरत्र र परत्रमा मिल्ने फललगायत अनेकन आध्यात्मिक पक्षको चर्चा गरिएको पाइन्छ। मूलतः मृत व्यक्तिको आत्माले सद्गति प्राप्त गरुन् भन्ने अभिप्रायले पण्डित बोलाएर उनीबाट शृङ्खलाबद्ध रूपमा ‘गरुड पुराण’ सुन्ने गरिन्छ। 

कतिपय समुदायमा कसैको मृत्यु भएपछि शङ्ख, झ्याली तथा ढ्याङ्ग्रो बजाएर सतगद् गर्न लैजाने परम्परा छ। यसले वरिपरिको गाउँले कसैको देहान्त भएको रहेछ भन्ने जानकारी दिन्छ । आधुनिक युग सञ्चारको युग हो। सञ्चारको युगको चर्चा गर्दा आमसञ्चार माध्यमलाई छुटाउन मिल्दैन। आमसञ्चार माध्यमले हरेक प्रकारको सूचना प्रवाह गर्ने भएकाले ‘मृत्यु सञ्चार’ पनि यसको दायराभित्रै पर्छ। कुनै लोकप्रसिद्ध व्यक्तिको मृत्युबारे खबर दिएर बृहत्तर समाजलाई सूचित गर्नु आमसञ्चार माध्यमको पेसागत धर्म नै हो। 

दुर्घटनामा परेर असङ्ख्य जीवनलीला समाप्त भइरहेको समाचार आमसञ्चार माध्यममा आइरहन्छ। अहिले सोसल मिडियाले पनि ‘मृत्यु सञ्चार’ लगायत धेरै प्रकारका सञ्चारकर्म गर्दै आएको छ। आफ्ना परिवारका कुनै सदस्यको मृत्युको खबर सोभैm मिडियाबाट थाहा पाउने गरी समाचार प्रवाह गरिनु हँुदैन भन्ने भद्र मान्यता पनि छ। अद्यापि यस्तो संवेदनशील विषयलाई धेरैले ख्याल गरेको देखिँदैन।

बिसौनीनेर

चराचर जगत्का हरेक सदस्यले एक पटक सामना गर्नैपर्ने शाश्वत पक्ष मृत्युबारे विश्वभर व्यापक रूपमा चर्चा–परिचर्चा र चिन्तन–मनन हुँदै आएको छ, जसको घेरा जनस्तरदेखि बौद्धिक जगत्सम्म पैmलिएको छ। यसबारे पर्याप्त प्राज्ञिक बहस तथा विचार–विमर्श पनि भएका छन्। मृत्युको विभिन्न आयामलाई लिएर शोधमूलक किताब तथा शोधपत्रहरू लेखिएका छन्। 

पश्चिमी गोलाद्र्धमा हर्मन फिफेलको ‘द मिनिङ अफ डेथ’ (सन् १९५९), रोबर्ट क्यास्टिन बमले ‘द साइकोलोजी अफ डेथ’ (सन् १९७२) र ‘डेथ, सोसाइटी एन्ड ह्युमन एक्पेरियन्स’ (सन् २००१), शेरविन न्युल्यान्डले ‘हाउ उइ डाइ’ (सन् १९९३), आन न्युम्यानको ‘द गुड डेथ’ (सन् २०१७) जस्ता पुस्तकमा मृत्युको मनोविज्ञानदेखि जीवन–समापनको विधि र प्रक्रियाबारे विशद विचार–विमर्श गरिएका छन् । 

यसैगरी ‘द साइलेन्ट म्यासेज ः कम्युनिकेसन इन अ फ्याम्ली विद अ डाइङ पेसेन्ट’ (सन् १९७७) र ‘कम्युनिकेटिङ विद डाइङ पेसेन्टस् विदिन द स्पेक्ट्रम अब् मेडिकल केयर’ (सन् २००१) अमेरिकी जर्नलमा प्रकाशित शोधपत्रहरूको दृष्टान्त हुन्। जसमा मृत्यु सञ्चारका अनेकौँ आयामलाई चिरफार गरिएका छन्। यस्ता कृतिले ‘मृत्यु सञ्चार’सँग सम्बन्धित तमाम विषयलाई ‘ह््यान्डल’ गर्न धेरथोर सघाउन सक्छन्। 

‘मृत्यु सञ्चार’ बहुधा अप्रिय र असहज छ भन्ने चर्चा अघि नै भइसकेको छ। कसैलाई उसको प्रियजनको मृत्युको खबर सुनाउन सहज हुँदैन। यद्यपि खबर नसुनाएर सधैँभरि गुमराहमा राख्ने कुरा पनि तर्क सङ्गत हुँदैन। एकातिर मानवीय संवेदना र अर्कोतिर सूचनाको हक जोडिएका यस्ता गम्भीर विषयलाई व्यावहारिक जामा पहि¥याउन कहाँ सहज छ र ? यसका लागि उच्चस्तरको सञ्चार कला ९अयmmगलष्अबतष्यल कपष्ििक०  र जीवन जिउने कला ९षिभ कपष्ििक०  आवश्यक पर्छ। 


मृत्युशय्यामा हुने सञ्चार

रोगले थलिँदै गएपछि वा चोट्टे व्यथा लागेर निको नहुने अवस्थामा पुगेपछि बिरामी स्वभाविक रूपमा मृत्युशय्यामा पुग्छ। जुन जीवनको अन्तिम चरण हो। मृत्युशय्यामा पुगेका बिरामीले बोलेर भन्दा पनि निःशब्द रूपमा आफ्नो अवस्थाबारे जानकारी दिन्छ। यतिबेला उसको शारीरिक अवस्थाले धेरै कुरा सञ्चार गर्छ।

‘मेडिकल न्युज टुडे’ वेबसाइट (जनवरी ३०, २०२०)मा  प्रकाशित सामग्रीका अनुसार बिरामीले छिट्टै मृत्युवरण गर्दैछ भन्ने तथ्यलाई जनाउने केही निःशब्द सूचक हुन्छन्। जुन यस प्रकार छन् ः खानामा अरुचि हुनु, बढी निद्रा लाग्नु, कम बोल्नु, मांसपेशी शिथिल हुनु, शरीरको तापक्रम घट्दै जानु, शारीरिक पीडा बढ्नु, बिरामीमा भ्रम पैदा हुनु आदि। यिनीहरू केही सामान्य सूचक हुन्।

बिरामी पलपल मृत्यु नजिक पुगेका घडी स्वभाविक रूपमा दयनीय हुन्छ। यस्तो अवस्थामा परिवारजनको मनोविज्ञान बिग्रन्छ। स्वास्थ्योपचार महँगो हुँदा आर्थिक स्रोत पनि व्यापक स्तरमा क्षय हुने कुरा त बेग्लै छ। यसबाट परिवारजन घोर निराशा र मनोवैज्ञानिक अवसादबाट गुज्रिरहेका हुन्छन्। 

यस अभिशप्त समयमा सञ्चारले निर्णायक भूमिका खेल्छ। परिवारका सदस्यलाई मृत्युले लपेटिरहेको संवेदनशील घडीमा कुशलतापूर्वक गरिने सञ्चारले परिवारजनमा धेरै हदसम्म पीडानाशक औषधिका रूपमा काम गर्छ भने विवेकहीन र अकुशल सञ्चारले पीडामाथि पीडा थप्ने काम गर्छ । यस्तो अवस्थामा सरोकारवाला पक्षको उच्चस्तरको विवेकशील व्यवहार आवश्यक हुन्छ। 

रोगले थलिएर मृत्युशøयामा पुगेका बिरामीलाई शान्तिपूर्वक, आरामपूर्ण तथा इज्जतपूर्वक जीवनका अन्तिम पल गुजार्न सहज होस् भन्नका लागि उच्चस्तरको सुझबुझयुक्त व्यवहार, स्याहार–सुसार आवश्यक हुन्छ, जसलाई  बुझाउन स्वास्थ्यसम्बन्धी शब्दावली प्रयोग गरिन्छ। त्यो हो ‘पेलिटिभ केयर’ ९उबििष्बतष्खभ अबचभ०। 

अमेरिकी संस्था ‘नेसनल इन्स्टिच्युट अन एजिङ’ को वेबसाइटमा प्रकाशित लेखमा उल्लेख भएअनुसार क्यान्सर, हृदयाघात, पार्किन्सन, डिमेन्सियाजस्ता गम्भीर प्रकृतिका रोगबाट ग्रसित बिरामीको स्याहार–सुसारका लागि अपाइने विशिष्ट प्रकृतिको स्याहार–सुसारलाई ‘पेलिटिभ केयर’ भनिन्छ। 

‘पेलिटिभ केयर’सँग थनाटोलोजी ९तजबलबतययिनथ० पनि जोडिन आइपुग्छ। ग्रीक शब्द तजबलबतयक बाट तजबलबतययिनथ  आएको हो। तजबलबतयक को अर्थ हुन्छ, मृत्यु। ‘थनाटोलोजी’ मृत्यु र मृत्युको मनोविज्ञानसँग जोडिएको शास्त्र हो। अनलाइन विश्वकोश ‘ब्रिटानिका’ का अनुसार मृत्यु र मृत्युको  मनोविज्ञानबारे अध्ययन गर्ने शास्त्र नै ‘थनाटोलोजी’ हो। 

अघि नै भनियो परिवारको कुनै सदस्यले मृत्युले गाँजेको गम्भीर परिस्थितिमा सञ्चारको महìवपूर्ण भूमिका रहन्छ। उपचार तथा स्याहार–सुसारका क्रममा बिरामी, उसका परिवारजन, स्याहारसुसारमा जुटेका सुसारे, चिकित्सकीय सेवा दिने संस्था (अस्पताल, नर्सिङ होम) तथा चिकित्सकहरूबीच दुईपक्षीय एवं बहुपक्षीय सञ्चार हुनुपर्ने हुन्छ। 

यस्तो जटिल अवस्थामा बिरामी र उसको परिवारजनको मनोवैज्ञानिक, आध्यात्मिक तथा सामाजिक पक्षलाई केन्द्रमा राखेर सञ्चार गर्नुपर्ने हुन्छ। 

मेडिकल साइन्सका अभ्यासकर्ताले बिरामी र उनका परिवारजनप्रति उचित बुद्धिमत्तापूर्वक व्यवहार प्रदर्शन गर्न सक्षम होऊन् भनेर उनीहरूलाई स्वास्थ्य–सञ्चार ९जभबतिज अयmmगलष्अबतष्यल० विद्या पढाइन्छ।