• १९ साउन २०८२, सोमबार

प्रधानमन्त्री ओलीलाई तुर्कमेनिस्तानमा स्वागत

blog

प्रधानमन्त्री केपी शर्मा ओलीलाई तुर्कमेनिस्तानस्थित विमानस्थलमा स्वागत गरिँदै । तस्बिर : दिनेश भण्डारी/प्रधानमन्त्रीको सचिवालय ।

प्रकाश सिलवाल

तुर्कमेनिस्तान, साउन १९ गते । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिताका लागि आज तुर्कमेनिस्तान आइपुग्नु भएको छ ।

प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समय अनुसार दिउँसो १४.३० बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थल हुँदै  तुर्कमेनिस्तानको आवाजा सहर आइ पुग्नुभएको हो । उहाँलाई तुर्कमेनिस्तान अन्तर्राष्ट्रिय विमानस्थलमा तुर्कमेनिस्तान सरकार (मन्त्रिपरिषद) का उपाध्यक्ष होजाम्यारात जेल्डिम्यारादोभ, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी नियोग, न्युयोर्कका आवासीय प्रतिनिधि लोकबहादुर थापालगायतले स्वागत गर्नुभयो ।


यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) अवाजा सहरमा आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली यहाँ आउनुभएको हो ।