• १६ साउन २०८२, शुक्रबार

मानिसभन्दा भेडा बढी भएको देश

blog

न्युजिल्यान्डको जनसङ्ख्या ५३ लाख छ तर त्यहाँ दुई करोड ३६ लाख भेडा छन् । यस हिसाबले प्रत्येक न्युजिल्यान्डवासीका भागमा ४.५ वटा भेडा पर्छन् । सन् १९८२ मा प्रतिव्यक्तिका भागमा २२ वटा भेडा पर्थे । त्यसबेला मासु र ऊनका लागि भेडापालन गरिन्थ्यो तथा त्यो न्युजिल्यान्डको सबैभन्दा ठूलो आम्दानीको स्रोत थियो ।

अब सिन्थेटिक फाइबरतर्फ विश्वव्यापी झुकावले ऊनको मूल्यमा आएको कमीले किसानलाई आफ्नो जमिनमा के गर्ने भन्ने सोच्न बाध्य पारेको छ । 

क्षेत्रफलका हिसाबले न्युजिल्यान्ड लगभग बेलायत समान छ तर यसको जनसङ्ख्या बेलायतको भन्दा १३ गुणा कम छ । यस कारण यहाँ भेडाका लागि प्रशस्त ठाउँ छ । १५० वर्षसम्म भेडापालन उद्योग न्युजिल्यान्डको अर्थतन्त्रको मेरुदण्ड थियो । सन् १९८२ मा भेडापालन चरम विन्दुमा पुगेको थियो ।

गत अप्रिलमा सुरु गरिएको नयाँ सरकारी खरिद निर्देशिकामा नयाँ निर्माण वा पुनर्निर्माण गरिएका सार्वजनिक भवनमा न्युजिल्यान्डको ऊनबाट उत्पादन गरिएका कार्पेट र इन्सुलेसन आदि प्रयोग गर्न भनिएको छ ।   

  –युवामञ्च